अन्तर्जातीय बिहेपछि धोका, पतिले नहेरेपछि १५ दिने सुत्केरीको बिचल्ली



 

मुसिकोट नगरपालिका–५ की २२ वर्षीया विपना सावत १५ दिने सुत्केरी हुन् । प्रेम–सम्बन्धपछि गत फागुनमा गुल्मीकै राजु बस्नेतसँग भागेर विवाह गरेकी उनी अहिले पतिले छाडेर हिँडेपछि बिचल्ली बनेकी छिन् । पति बेपत्ता छन् । सडकमा ज्याला–मजदुरी गर्दागर्दै गत २३ मंसिरमा उनले छोरी जन्माइन् । बडिगाड खोलाको चिसो सिरेटोले १५ दिने शिशुसँगै विपना पनि थला पर्दै गएकी छिन् ।

 

घरले नहेरेपछि र माइती विपन्न अवस्थाको भएकाले स्थानीय शिव सुनारको घरमा एउटा कोठा लिएर उनलाई राखिएको छ । छिमेकी महिलाले खानेकुराको सहयोग गरिरहेका छन् । सुत्केरीको दयनीय अवस्था हेर्न नसकेपछि आफूहरूले सहयोग जुटाएर केही खाद्यान्न संकलन गरेको इन्द्रेगौडाकी गीता खरालले बताइन् ।

 

विपना र राजु बस्नेतबीच अन्तर्जातीय विवाह भएको हो । गत वर्षको फागुनमा मदाने गाउँपालिका–६ का बस्नेतले विपनालाई उनकै घरबाट भगाएर बिहे गरेका थिए । उनीहरू घरबाट भागेर बुटवल गए । त्यतै कहिले होटेल त कहिले सडकमा ज्याला–मजदुरी गर्न थाले । जेठसम्म उनी पतिसँगै थिइन् । राजुले विपनालाई केही समय थापा थर भन्न लगाएर आफ्नो घर र मावलीमा समेत लगे । घरमा उनले परिवारलाई थापाकी छोरी भनेर परिचय गराए ।

 

तर, परिवारले हप्काएपछि उनी पुनः विपनालाई साथमै लिएर तम्घासदेखि बुटवलका विभिन्न स्थानमा ज्याला–मजदुरी गर्न थाले । वैशाखमा विपनाको गर्भ रह्यो । त्यसपछि राजुले श्रीमतीलाई हेला गर्न थाले । दुईबीच मनमुटाव बढ्न थाल्यो । झगडा भयो । उनले विभिन्न बहानामा श्रीमतीलाई कुटपिट गर्न थाले । विपनाले आफूलाई घरमा पठाइदिन अनुरोध गरिन् । तर, राजुले मानेनन् । ‘तँलाई गाउँ पठाउँदिनँ । दलित भन्ने थाहा पाएमा मेरो दाजुभाइले घर निकाला गर्छन्’ भन्दै आफूलाई घर पठाउन नमानेको विपनाको भनाइ छ ।

 

पतिले जातीय आक्षेप लगाउँदै कुटपिट गर्न थालेपछि ज्यान जोगाउनकै लागि आफू माइत आएको उनले गुनासो पोखिन् । ‘रक्सी खाएर कुटपिट गर्ने र मानसिक तनाव दिन थाले, केही समय त सहेँ,’ विपनाले नयाँ पत्रिकासँग भनिन् । पतिको सधैँको कुटपिट सहन नसकेपछि बाध्य मुसिकोट नगरपालिका–५ स्थित माइत आएको उनले बताइन् । उनको माइती पनि विपन्न छ । १८ वर्षदेखि बाबु सम्पर्कविहीन छन् । माइतमा सुत्केरीको स्याहारसुसार गर्ने कोही नभएपछि उनलाई स्थानीयले एउटा कोठा खोजेर राखिदिएका छन् । राजु भने बेपत्ता छन् । उनी कसैसँग सम्पर्कमा छैनन् । बस्नेत परिवारले विपनाको अवस्थाबारे आफूहरू अनभिज्ञ भएको बताउने गरेका छन् ।

 

विपनालाई न्याय दिलाउँछौँ : मेयर सापकोटा 
अन्तर्जातीय विवाह गरेर सुत्केरी श्रीमती र शिशुलाई अलपत्र पार्नेलाई कारबाहीको दायरामा ल्याउने मुसिकोट नगरपालिकाका प्रमुख सोमनाथ सापकोटाले जानकारी दिए । उनले विपनालाई तत्काल सुरक्षा र हेरचाह आवश्यक भएकाले चाँडै न्याय दिलाउन नगरपालिका लागिपर्ने बताए । मदाने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेश भण्डारीले अन्तर्जातीय विवाह गरेर अलपत्र पार्ने व्यक्तिलाई कानुनको दायरामा ल्याउन आफूले पहल गर्ने बताए । दलित अधिकारकर्मी गणेश विश्वकर्माले विपना मात्रै नभएर धेरै अन्तर्जातीय विवाह गर्ने जोडीहरूको अवस्था दयनीय रहेको बताए । नयाँपत्रिकाबाट

प्रतिक्रिया दिनुहोस
अमेरिकाले दिएन सन्दीप लामिछानेलाई भिसा

  विश्वकप खेल्न अमेरिका जान लागेका नेपाली क्रिकेटर सन्दीप लामिछानेलाई काठमाडौंस्थित अमेरिकी दूतावासले

सहकारी बचतकर्ताको तेस्रो चरणको आन्दोलन घोषणा

    सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान महासंघले तेस्रो चरणको आन्दोलन घोषणा गरेको

होटल सरोवर र किङ्गस लाउन्ज पोखरामा प्रभु बैंकको विशेष छुट

        पर्यटकीय सदरमुकाम पोखरा को लेकसाइडमा अवस्थित होटल सरोवर प्रा.लि

बहुचर्चित बहुलोकप्रिय माइडिया ब्रान्डको डिशवाशर नेपालमा

    वर्ल्ड नम्बरवान अप्लाईन्स प्रोडुसर माइडियाको आधिकारिक बिक्रेता सीजी इलेक्ट्रोनिक्सले आधुनिक  बिएलडिसी