लक्षुमन श्रेष्ठको संयोजकत्वमा नयाँ कार्यसमिति चयन



हाम्रो इकोनोमि

 

नेपाल इलेक्ट्रिोनिक टेक्निसियन्स एसोसिएसनमा लक्षुमन श्रेष्ठको संयोजकत्वमा नयाँ कार्यसमिति चयन भएको छ । एसोसिएसनको ५ औं साधारण सभाले नयाँ नेतृत्व चयन गरेका हो ।
एसोसिएसनको उपाध्यक्षमा विकास प्रसाद गौतम, कोषाध्यक्ष उमेश बहादुर लायोमगर, महासचिव उमेश कुमार खनाल, सचिवमा कृष्ण कुमार रसाइली निर्वाचित भएका छन ।
यस्तै सदस्यहरुमा बिनोदमान श्रेष्ठ, ज्ञानेन्द्र सिंह, पदम शर्मा, शिरिष कुमार पौडेल, गोरखनाथ श्रेष्ठ, मुकुन्द थापा, रुपक थापा, महेश मल्ल ठकुरी, सीता मगर, कृष्ण थापा निर्वाचित भएका छन् ।

साधारण सभाले ७ वटा प्रदेशमा सम्पर्क संयोजक पनि तोकेको छ । जसमा प्रदेश–१ मा रबि सुबेदी प्रदेश–२ मा जहिर मियाँ अन्सारी, प्रदेश–३ मा जय पहारी, गण्डकी प्रदेशमा दान बहादुर के.सी., प्रदेश–५ मा डिल्लीराज गौतम, कर्णाली प्रदेशमा तिलक राज ढकाल र सुदुरपश्चिमाञ्चल प्रदेशबाट चन्द्र सतगौवा चयन भएका छन् ।

कार्यक्रममा मदन भण्डारी स्मृति प्रतिष्ठानका अध्यक्ष गुरु प्रसाद बराल, प्रथम व्यवसायिक बायोमेटिक ईन्जिनियर बिकास बहादुर श्रेष्ठ, त्रि.वि. इन्जिनियरिङ्ग अध्ययन संस्थान, इलोक्ट्रोनिक एण्ड कम्प्युटर इन्जिनियरिङ्ग बिभागका बिभाग प्रमूख डा.सुरेन्द्र श्रेष्ठ, प्रा.जगन्नाथ श्रेष्ठ लगायतले मन्तव्य राखेका थिए ।

इलेक्ट्रोनिक प्राविधिकहरुको काम अनुसारको पारिश्रमिकको ग्यारेन्टी, रोजगारको ब्यवस्था, बिमा एवं उनीहरुको परिवारका लागि समेत औषधोपचारको ब्यवस्था, इलेक्ट्रोनिक प्राविधिक अस्पतालको स्थापना, इलेक्ट्रोनिक प्राविधिकहरुको राष्ट्रिय सञ्चय कोषको स्थापना र पेन्सन सुबिधाका दिलाउने उद्देश्यले उक्त संस्थाको स्थापना भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस
भरतपुरमा गुडिरहेको कारमा लाग्यो आगो, एक जनाको मृत्यु

     चितवनको भरतपुर महानगरपालिका–९ स्थित बसन्तचोक नजिकै एक कारमा आगलागी हुँदा एक...

एमालेको पुनर्गठन कार्यदल बैठकमा दुई प्रतिवेदन पेश हुृने

    शुक्रबार नेकपा एमालेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको बैठकमा दुई...

सरकारले संविधानको मर्ममाथि प्रहार गरिरहेको छ : अमरेशकुमार सिंह

    रास्वपाका सांसद अमरेशकुमार सिंहले आफ्नै दलका नेता बालेन शाह नेतृत्वको सरकारले...

संसद् पुनर्स्थापना एमालेको एजेन्डा : महेश बस्नेत

    नेकपा एमालेका सचिव महेश बस्नेतले आगामी केन्द्रीय समितिको बैठकले जेनजी आन्दोलनपछि...