दुई श्रीमती विदेश, श्रीमान् घर कुरुवा



हाम्रो इकोनोमि

 

 

जिल्लाको जुगल गाउँपालिका–१, सेलाङका ३६ वर्षीय भीमबहादुर लोप्चनको १७ वर्षको कलिलै उमेरमा छिमेकी राममायासँग बिहे भयो ।

सुरुका केही दिन त हाँसखेलमै बिते । वर्ष बित्दै गयो तर बच्चा बसेन । उनीहरुमा एक खालको तनाव पैदाभयो । उनीहरुका धेरै प्रयास असफल भए । यसैगरी झण्डै १० वर्ष बिताए । एकदिन राममायाले कठोर निर्णय लिएर अर्को बिहे गर्न भीमबहादुरलाई सुझाइन् । उनले पनि सहजै स्वीकारे । अन्ततः राममायाले आफ्नै श्रीमानको बिहे बहिनी मोतिमायासँग गराइन् । बिहे गराउनुको एउटै कारण थियो बच्चा जन्माउनु । बच्चा भयो भने त्यो परिवारमा छुट्टै खुशी आउँथ्यो

तीन वर्ष अघि एउटा छुट्टै संयोग बन्यो । दुवैको केही महिनाको अन्तरालमै गर्भ बसेपछि भीमबहादुर तीनछक परे । तीन वर्ष अघि राममाया र मोतीमायाले आठ महिनाको अन्तरालमा एक–एक छोरा जन्माए । “बच्चा हुँदैन भनेर बूढीले बहिनीसँग बिहे गराइदिइन्, आखिर आठ महिनाको फरकमा बच्चा पायो ।” मन्द मुस्कानसहित भीमबहादुर त्यो क्षण सम्झिए । छोरा सुदीप र प्रवीन अहिले नजिकैको स्कूलमा कक्षा एकमा पढ्छन् ।

छोराहरु श्रीमान्लाई छाडेर दुवै श्रीमती वैदेशिक रोजगारीका लागि अहिले कुवेतमा छन् । निःशुल्क भिसामा उनीहरु दुई वर्ष अघि विदेश गएका हुन् । दुवैजना घरको काम गर्छन् । यता भीमबहादुर दुई छोराको रेखदेख गरी घर कुरुवा बनेका छन् । आफू पनि विदेश जाने चाहना थियो तर भूकम्पले घर भत्काएकाले निर्माणको चरणमा भएर नगएको उनले सुनाए ।

भीमबहादुरका श्रीमतीद्वयले मासिक रु १५ देखि २० हजार पठाउने गर्छन् । उनले सबै पैसा बैंकमा राखेका छन् । “त्यसैबाट उनले रु तीन लाख बैंकमा जोडेको छ, यसपालि आउँदैछन्, त्यो पैसाले चौतारामा जग्गा किन्ने भनेका छन्”, उनले भने ।

भीमबहादुरको मात्रै होइन, यहाँका धेरै महिला वैदेशिक रोजगारीका लागि विदेशिएका छन् । श्रीमान् घर कुरेर बस्छन् । उनका साखै भाइ पेम्बाको पनि मेखामाई र रीतामाई गरी दुई श्रीमती छन् । उनीहरु पनि दिदीबहिनी हुन् । जेठी अहिले विदेशमै छिन् । जेठीकी दुई छोरा भए । कान्छीपट्टिबाट जन्मेको छैन ।

दश वर्ष अघि ओमन, त्यसपछि झण्डै दुई वर्ष साउदी अरबमा बिताएर वैदेशिक रोजगारीको अनुभव लिएका उनी आजकल काम हुँदा गाउँको ढुङ्गाखानीमा जान्छन् । काम नहुँदा घर कुरुवा भएर बस्छन् । बेलाबेलामा उनमा भूकम्पको पीडा छचल्किने गरेको तीतो अनुभव सुनाए । उनका लागि कहिल्यै निको नहुने घाउ बनेर आयो विसं २०७२ वैशाख १२ को भूकम्प । भूकम्पमा परेर तीन वर्षका छोरा मायस गुमाए ।

त्यो दिन मेखामाई छोरालाई झोलुङ्गोमा हालेर सुताउने तरखरमा थिइन् । एकैचोटी गुटुङ्टुङ भएर हल्लायो । एकैछिनमा घर गर्लामगुर्लुभ ढल्लो । मायस पुरिए । आमा मेखामाईको पनि टाउकोबाहेक सबै पुरियो । गाउँलेले निकै समय लगाएर आमालाई त निकाले । छोरा फेला परेनन् । तीन दिनपछि छोराको लास भेटियो ।

प्रतिक्रिया दिनुहोस
बैठकबाटै लखेटिए रास्वपाका सांसदहरु

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बारा जिल्लाको विस्तारित बैठकका क्रममा तनाव चर्किँदा...

सबैले नेताले पद त्याग गरौँ : गोकर्ण बिष्ट

   नेकपा एमालेको आजको सचिवाल बैठक अर्थपूर्ण बन्दैछ । शुक्रबार बसेको सचिवालय बैठकमा...

बदनाम शेयर कारोबारी दीपेन्द्र अग्रवालको अर्को बदमासी, भोटेकोशी हेली रिसोर्टका सञ्चालक सुवास प्रधानलाई यसरी अप्ठेरोमा पारे

  शेयर बजारका बदनाम खेलाडी दीपेन्द्र अग्रवाल चलिरहेको एउटा रिसोर्ट सञ्चालनमा प्रवेश गरेर...

दश महिनामा १७ खर्बको आयात, दुई खर्ब मात्रै निर्यात

    चालू आर्थिक वर्ष २०८२/८३ को दश महिनामा १९ खर्ब भन्दा बढीको...