रंगशाला बनाउने खर्च जुटाउन धुर्मुसले खोले ठेला पसल, सुन्तलीले म:म बेच्ने



हाम्रो इकोनोमि

 

 

अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण सुरू गरेको धुर्मुस-सुन्तली फाउन्डेसनले ठेला पसल पनि खोलेको छ।

ठेला पसलमा बदाम, पानी, स्याउ, सुन्तला र म:म बेच्न राखिने फाउन्डेसनका प्रमुख सीताराम कट्टेल ‘धुर्मुस’ ले  बताए।

आइतबार सुरू ठेला पसलबाट संकलन भएको सबै पैसा रंगशाला निर्माणमा खर्च गर्ने उनको भनाइ छ। ‘अहिले एउटा ठेला छ। फलफूल र पानी राखेका छौं,’ धर्मुसले भने, ‘अर्को एउटा ठेला थप्दै छौं। त्यसमा सुन्तलीले म:म बेच्नेछिन्।’

ठेला पसलको व्यवस्थापन अर्जुन भुसालले गर्नेछन्। कतारबाट फर्केका चितवनका विनोद रानाभाटले ठेला पसलमा फलफूल र पानी बिक्री गर्छन्।

‘रंगशाला-ठेला कन्सेप्टले रंगशाला निर्माणका काम अवलोकन गर्न आउनेहरूलाई पनि सहयोग गर्छ। कसैलाई भोक लागेको हुन्छ। कोही तिर्खाएका हुन्छन्,’ उनले भने, ‘ठेलाका सामान बिक्री गरेर संकलित पैसा रंगशाला निर्माणमै खर्च हुन्छ।’

ठेलाबाट धेरै पैसा संकलन हुने अपेक्षा भने धुर्मुसलाई छैन। यो एउटा सन्देश फैलाउन महत्वपूर्ण हुने उनले बताए। ‘मूलभुत कुरा सन्देश फैलियोस् भन्ने हो,’ उनले भने, ‘दाजुभाइ-दिदीबहिनीहरूकै सहयोगमा हामी रंगशाला बनाउँदैछौं। उहाँहरूले रंगशालालाई अपनत्व लिनुहुनेछ।’

प्रतिक्रिया दिनुहोस
भरतपुरमा गुडिरहेको कारमा लाग्यो आगो, एक जनाको मृत्यु

     चितवनको भरतपुर महानगरपालिका–९ स्थित बसन्तचोक नजिकै एक कारमा आगलागी हुँदा एक...

एमालेको पुनर्गठन कार्यदल बैठकमा दुई प्रतिवेदन पेश हुृने

    शुक्रबार नेकपा एमालेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको बैठकमा दुई...

सरकारले संविधानको मर्ममाथि प्रहार गरिरहेको छ : अमरेशकुमार सिंह

    रास्वपाका सांसद अमरेशकुमार सिंहले आफ्नै दलका नेता बालेन शाह नेतृत्वको सरकारले...

संसद् पुनर्स्थापना एमालेको एजेन्डा : महेश बस्नेत

    नेकपा एमालेका सचिव महेश बस्नेतले आगामी केन्द्रीय समितिको बैठकले जेनजी आन्दोलनपछि...