डिएसपी श्याम राईलाई किन दियो अदालतले सफाई ?



हाम्रो इकोनोमि

 

 

भ्रष्टाचारको आरोपमा पक्राउ परेका नेपाल प्रहरीका डिएसपी तथा तत्कालिन बौद्ध प्रहरीका प्रमुख श्याम राईले सफाई पाएका छन् ।

विशेष अदालतका न्यायाधीश कृष्ण गिरी, शान्तिसिंह थापा र चन्द्रबहादुर सारुको संयुक्त इजालासले डिएसपी राईलाई २९ मंसिर २०७६ मा सफाइ दिएको हो ।

२०७५ साल असोज २० गते बौद्ध प्रहरीका प्रमुख रहेका बेला उनी पक्राउ परेका थिए । डिएसपी राईलाई स्थानीय सुजन पौडेलको उजुरीको आधारमा पक्राउ गरिएको थियो । अख्तियारले १ लाख ४० हजार घुस रकमसहित डिएसपी राईलाई पक्राउ गरेको दाबी गरेको थियो । तर, डिएसपी राईले भने पौडेलको श्रीमती बनेर आएकी अख्तिारकै बिना केसीले कागजमा पैसा बेरेर आफ्नो टेबलमा जबरजस्ती हाली दिएको दाबी गर्दै आएका थिए ।

विशेष अदालत अनुसार डिएसपी राई र बौद्ध प्रहरीसँग उजुरकर्ता पौडेलको कुनै काम नदेखिएको र रङ्गेहात भनिए पनि अनुसन्धान गर्दा पुष्टी नभएकोले डिएसपी राईलाई सफाइ दिइएको हो ।

‘घुस भनेको कुनै काम गरी दिए बापत वा नगरीदिएका कारण दिइन्छ । उजुरीकर्ता सुजन पौडेलेको डिएसपी राई र बौद्ध प्रहरीसँग कुनै काम देखिन्दैन । आरोप पुष्टी हुदैन,’ स्रोतले भन्यो । स्रोतका अनुसार अख्तियारले रङ्गेहात पक्राउ गरिएको दाबी गरेको छ । तर, पक्राउपछि गरिने रसायन परिक्षणमा पानीको रङ्ग रातो देखिएको छैन ।

उनै उजुरी कर्ता सुजन पौडेलकै उजुरीका आधारमा २०७५ वैशाख १९ मा नापी कार्यालय साँखु, काठमाडौंका प्रमुख नापी अधिकृत भागवत साहलाई अख्तियार अनुसन्धान दुरुपयोग आयोगले पक्राउ गरेको थियो । साहले पनि गत १७ मंसिर २०७६मा विशेष अदालतले सफाइ दिएको थियो ।

पौडेलले ५ महिनाको अवधिमा राई र साह गरी दुई सरकारी अधिकृतलाई पक्राउ गराएका थिए ।पौडेल अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिव महेश्वर न्यौपानको भान्जा हुन् ।

प्रतिक्रिया दिनुहोस
नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...

ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा दीपचन्द्र रेग्मी

    ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मा दीपचन्द्र रेग्मी...

खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...