रुग्ण उदयपुर सिमेन्टलाई नाफामा पुर्याउने सुरेन्द्र आयल निगम यसरी सुधार्दैछन्



हाम्रो इकोनोमि

 

 

स्थापना कालदेखि निरन्तर घाटामा रहेको उदयपुर सिमेन्ट उद्योगलाई चार वर्षमै ४८ करोड रुपियाँ ऋण तिरेर १२ करोड नाफा नाफा गरिदिन सफल व्यक्तिको नाम हो सुरेन्द्रकुमार पौडेल । उनै पौडेल यतिबेला बद्नामी कमाएको सरकारी संस्थान नेपाल आयल निगमको प्रबन्ध निर्देशकको जिम्मेवारी लिएर निगमलाई सुधार्ने अभियानमा लागेका छन् । पेशाले चार्टर्ड एकाउन्टेन्ट पौडेल उदयपुरलाई उकासेसँगै चर्चामा आएका थिए । आयल निगमका कार्यकारी निर्देशक पौडेल यतिबेला यस संस्थानमाथि बिगतमा लागेका काला धब्बाहरु पखाल्ने भगिरथ प्रयत्नमा तल्लिन छन् ।

उदयपुरदेखि आयल निगमसम्म आईपुग्दा उनको आत्मविश्वास अझै बढेको छ । पौडेल भन्छन्, ‘स्थापना कालदेखि कुनै पनि समय नाफामा थिएन उदयपुर सिमेन्ट । तर, मैले चार वर्षे कार्यकालमा ४८ करोड घाटाको उद्योगलाई १२ करोड नाफामा पुर्याएँ । गरे सम्भव छ भन्ने लागेपछि म निगमको नेतृत्व लिन अघि बढेको हुँ, यहाँ पनि नयाँ रेकर्ड बनाउने प्रयासमा छु ।’ विसं २०४७ साल ताका तथ्यांक विभागमा सरकारी जागिर खाएका पौडेललाई त्यो जागिरले रोक्न सकेन । उनी विभाग छाडेर चार्टर्ड एकाउन्टेन्ट्सी (सीए) पढ्न भारत गए । सीए पास गरेपछि निजी फर्ममा आवद्ध भएका उनी सन् २००१ देखि ००७ सम्म तिलगंगा आँखा अस्पतालमा लेखा र प्रशासनको जिम्मेवारी सम्हाल्न पुगे । त्यसलाई पनि छाडेर पुनः फर्ममै फर्किएका पौडेलले जब उदयपुर सिमेन्टको कमाण्ड सम्हाले, तब उनको पहिचान बदलियो ।

नाफा-घाटा र सेवा पेट्रोलियम पदार्थको कारोबारमा सरकारी स्वामित्वको आयल निगमको एकाधिकार छ । तर मोनोपोली मार्केट भनेर निगमलाई जथाभावी गर्ने छुट नभएको पौडेल बताउँछन् । निगमको नाफा घाटा सिधै सरकारसँग जोडिने भएकाले निगमले नाफा नकमाएको उनको भनाई छ । पौडेल भन्छन्, ‘हामीले नाफा गरेकै छैनौं । अलिकति पैसा जम्मा भएको छ, त्यो भनेको निगमका लागि आवश्यक थप पूर्वाधार बनाउन हो । निगमले जम्मा गरेको पैसा कर्मचारीलाई बोनस र सरकारलाई लाभांश बाँड्न होइन् । निगमका लागि थप पूर्वाधार बनाउनका लागि खर्च गर्ने हो । त्यसलाई नाफा भन्न मिल्दैन ।’ आवश्यक पूर्वाधार निर्माणका लागि निगमले आफ्नो कुल व्यापारको २ देखि ३ प्रतिशतको झिनो मार्जिन राखेको उनी बताउँछन् ।

निगम कस्ले सुधार्ने ? पौडेलका अनुसार मान्छे भनेको जोखिम बोक्ने प्राणी हो । उनी आफूलाई सधै जोखिम उठाउन तयार हुने व्यक्ति ठान्छन् । पौडेल भन्छन्, ‘जोखिम नउठाउँदासम्म सफलता पाइन्न, नियम, कानुन बनाएर विधिसम्वत ढंगले काम गर्दै जाँदा समस्या आउँदैन ।’ एउटा हिन्दी गीतको श्लोक ‘लोक तो कुछ कहेंगे, लोगका तो काम ही कुछ केहेना’ सुनाउँदै पौडेलले अरुले के भन्छ ? भन्दा पनि आफूले गर्नुपर्ने कम छोड्न नहुने बताउँछन् । उनी थप्छन्, ‘आयल निगम भन्ने वित्तिकै खराब संस्था र त्यहाँ काम गर्ने सबै खराबै हुन्छन् भन्ने मान्छेहरुको बुझाई पनि हुनसक्छ । हामी काम गर्ने मान्छेहरुले त्यस्तो बुझाईको पछि लाग्ने होइन, त्यसलाई बदल्न आफूले राम्रो काम गर्ने हो ।

नियम पुर्याएर संस्था र देशको हितमा काम गर्ने हो, त्यतिबेला कोही कसैले गाली नै गरेछन्, कुरै काटेछन् भने पनि केही हुन्न ।’ निगम सुधारका लागि कसै न कसैले जोखिम त उठाउनै पर्ने थियो भन्दै पौडेलले अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य प्रतिलिटर ६ रुपियाँसम्मले वृद्धि हुँदा पनि आफूले नेपालमा त्यसको अनुभूति गर्न नदिएको बताउँछन् । बुलेट काण्डबारे जो सुकैले व्यवसाय गर्नुभन्दा पहिले प्राविधिक र आर्थिकरुपले अध्ययन गर्नुपर्ने पौडेल बताउँछन् । उनी भन्छन् ‘जसले बुलेटमा लगानी गर्नु भएको छ, उहाँहरुले के के अध्ययन गर्नु भयो ? कागज मागेर हेर्नुपर्छ । व्यवसाय गर्नुअघि व्यवसायले कहाँ पुर्याउँछ ? भन्ने नसोची हावाका तालमा लगानी गरेपछि यस्तै हुन्छ ।’ बुलेटमा लगानी गरेर फसेको सम्वन्धित् व्यवसायीले गुनासो गर्दै आएका छन् ।

सरकारले बुलेटमा किन्न दिनेबारे नीतिगत निर्णय गरे पनि कसैलाई ‘बुलेट किन्नुस्’ भनेर अनुमति नदिएको पौडेलले सुनाए । ‘व्यवसाय टुंगोमा पुग्छ की पुग्दैन ? भनेर त व्यवसायीले नै ख्याल गर्ने हो । बुलेट खरिद प्रक्रियामा निगमले कुनै गडबडी गरेको छ भने मुद्दा हाले हुन्छ’, उनले भने । यद्यपी स्वदेशी लगानीकर्ताको लगानी नडुबोस् भन्ने आशयले बुलेट प्रकरणबारे भारतसँग उच्चस्तरमा छलफल पनि अघि बढिरहेको पौडेलले जानकारी दिए । त्यसबाहेक झापा र सर्लाहीमा एलपीजीको स्टोरेज बनिरहेकाले त्यहाँबाट आन्तरिक बजारका लागि ग्यास ढुवानी गर्न ती बुलेटहरु उपयोग हुने उनले विकल्प सुनाए । पौडेल भन्छन्, ‘झापा र सर्लाहीको ग्यास डिपोबाट नेपाली बुलेटहरुले नै ढुवानी गर्ने हुन, केही निजी बुलेट हुनेछन् केही निगम आफैले ल्याउने छ ।’ कर्पोरेट नेपालबाट

प्रतिक्रिया दिनुहोस
भरतपुरमा गुडिरहेको कारमा लाग्यो आगो, एक जनाको मृत्यु

     चितवनको भरतपुर महानगरपालिका–९ स्थित बसन्तचोक नजिकै एक कारमा आगलागी हुँदा एक...

एमालेको पुनर्गठन कार्यदल बैठकमा दुई प्रतिवेदन पेश हुृने

    शुक्रबार नेकपा एमालेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको बैठकमा दुई...

सरकारले संविधानको मर्ममाथि प्रहार गरिरहेको छ : अमरेशकुमार सिंह

    रास्वपाका सांसद अमरेशकुमार सिंहले आफ्नै दलका नेता बालेन शाह नेतृत्वको सरकारले...

संसद् पुनर्स्थापना एमालेको एजेन्डा : महेश बस्नेत

    नेकपा एमालेका सचिव महेश बस्नेतले आगामी केन्द्रीय समितिको बैठकले जेनजी आन्दोलनपछि...