होशियार ! मुटुराेग, हृदयघात, मृगाैला राेग, डायबिटिज गराउने यस्ता छन खतरनाक प्याकेटका खानेकुरा



हाम्रो इकोनोमि

 

हल्दीराम, पतन्जली, म्याकडोनाल्ड्स, पेप्सीको लगायतका  विश्वविख्यात कम्पनीहरुको उत्पादन नेपालमा पनि अत्यन्तै लोकप्रिय छ । नेपालमा फास्टफुड बजारको ठूलो हिस्सा तिनै कम्पनीका उत्पादनहरुले ओगटिरहेको हुन्छ । तर भारतमा गरिएको एक अध्ययनको रिपोर्टलाई आधार मान्ने हो भने फास्टफुडको नाममा नेपाली बजारमा समेत निर्वाध र ठूलो मात्रमा विक्री हुने त्यस्ता खानेकुराहरु चाहिँ खानेकुरा नभएर स्वास्थ्यको लागि अत्यन्तै घातक पो रहेछ ।

आकर्षक प्याकेटमा राखिने तथा तुरुन्तै खोलेर खाइहाल्न मिल्ने त्यस्ता खानेकुराहरुमा त खतरनाक मात्रामा नून र चिल्लो हुने गरेको कुरा भारतको सेन्टर फर साइन्स एण्ड इन्भायरोमेन्ट (सीएसई) को अध्ययनले देखाएको छ । दिल्लीस्थित सीएसईलाई अनुसन्धान तथा जनपैरवीको क्षेत्रमा थिंकट्यांक मानिन्छ ।

 

पुस १ गते सार्वजनिक गरिएको सो अध्ययन रिपोर्टमा पेप्सीको, डोमिनोज, पतन्जली, नेस्ले, म्याकडोनाल्डस, बर्गरकिंग, हल्दीराम लगायतका  फास्टफुडको क्षेत्रमा बजार कब्जा गरेर बसेका कम्पनीहरुले बेच्ने उत्पादनमा नून र चिल्लोको मात्रा भारतको फुड सेफ्टी एण्ड स्टाण्डर्ड अथोरिटी (एफएसएसएआई)ले निर्धारित गरेको मापदण्ड भन्दा निक्कै बेसी रहेको उल्लेख छ । त्यसो त त्यो मापदण्ड फुड सेफ्टी स्टाण्डर्ड्स (लेबलिंग एण्ड डिस्प्ले) रेगुलेसन, २०१९ को विधेयकमा उल्लेख छ, जुन पास हुनै बाँकी छ ।

 

भारतका ठूला फास्टफुट उत्पादक कम्पनीहरुले चाहिँ त्यसलाई विरोध गर्दै आएको छ । किनभने त्यो विधेयकमा धेरै नून र चिल्लो हुने खानेकुराका प्याकेटमा अनिवार्य रुपमा रातो रंगको लेबल राख्नैपर्ने व्यवस्था छ ।

उक्त रिपोर्टमा खाद्य कम्पनीहरुले आफ्नो उत्पादनमा भएका ट्रान्स फ्याट को मात्रा वास्तविक मात्रामा भन्दा निक्कै घटाएर उल्लेख गर्ने गरेको आरोप पनि लगाइएको छ । सो अध्ययनमा प्याकेटमा उल्लेख गरिएको चिल्लोको मात्रा वास्तविक रुपमा चाहिँ ५० गुनाभन्दा पनि बढी रहेको समेत फेला परेको थियो ।

 

ट्रान्स फ्याट स्वास्थ्यको लागि हानिकारक मानिन्छ । अमेरिकन हार्ट एशोसिएशनका अनुसार, ट्रान्स फ्याट खाने गर्दा मुटुको रोग लाग्ने र हृदयघात हुने खतरा बढेर जान्छ । त्यसैगरी, यो चिल्लोले टाइप २ डाइबिटिज लाग्ने खतरा पनि बढाइदिन्छ ।

त्यसैगरी, विभिन्न अध्ययनहरुले पनि अत्यधिक मात्रामा नून (सोडियम क्लोराइड) को सेवनले उच्च रक्तचापको समस्या हुने र त्यसले अन्ततः मुटुको रोग, हृदयघात, मृगौला बिग्रने र अन्य थुप्रै स्वास्थ्य समस्याहरु लाग्ने देखाइसकेको छ ।

 

प्रमुख ब्रान्डहरुमै धेरै नून र चिल्लो

उक्त अध्ययनमा ३३ प्रकारका खाद्यहरुको सर्वे गरिएको थियो, जसमध्ये १४ वटा नमूना त चिप्स, तैयारी चाउचाउ, सुप लगायत अन्य बर्गर, फ्राइहरु, स्याण्डवीच, पिज्जा जस्ता १९ चीजहरु समावेश गरिएको थियो ।

ती खाद्य नमूनाहरुको ल्याबमा परिक्षण गर्दा चिप्सहरुमा धेरै मात्रामा नून र चिल्लो पाइएको थियो ।

उदाहरणको लागि, पेप्सीकोको अंकल चिप्स ब्राण्डमा निर्धारित भन्दा ४.४ गुनाबेसी नून र चिल्लो पाइएको थियो । एफएसएसएआईले निर्धारित गरेको मापदण्डअनुसार हुनुपर्ने चाहिँ १०० ग्राममा ०.२५ मिलिग्राम नून र ट्रान्स फ्याट लगायत सबै चिल्लोहरु मिलाएर ८ ग्राम मात्रै हुनुपथ्र्यो ।

त्यसैगरी, हल्दीरामको नट क्र्याकरमा नून ७.९ गुना बढी र चिल्लो ५.६ गुना बढी फेला परेको थियो ।

तैयारी चाउचाउमा नेस्लेको म्यागीमा नून ५.८ गुना बेसी थियो भने पतन्जलीको आटा नुडलमा नून ६.२ गुनाबेसी फेला परेको थियो ।

जंक खानेकुरा समूहमा सववेको चिकन सिख कवाबमा नून दोब्बर र चिल्लो १.७ गुना बेसी फेला परेको थियो । निर्धारित मापदण्डभन्दा त्यतिकै हाराहारीमा बढी नून र चिल्लो म्याकडोनाल्डस्, डोमिनोकोज र पिजाहजका उत्पादनहरुमा पनि फेला परेको थियो ।

 

झुक्याउने लेबलहरु

अध्ययनले दावी गरेअनुसार, थुप्रै प्याकेट खानेकुराहरुमा निर्धारित मापदण्डभन्दा धेरै बढी मात्रामा ट्रान्स फ्याटहरु फेला परेको थियो ।

उदाहरणको लागि, लेजको म्याजिक मसलामा प्रति सय ग्राममा ०.२१ ग्राम ट्रान्स फ्याट फेला परेको थियो, जसकि उसको प्याकेजको लेबलमा ०.१ मात्र उल्लेख गरिएको थियो ।

उक्त अध्ययनका अनुसार, सबैभन्दा बढी फरक चाहिँ हल्दीरामको नूनयुक्त चिप्सहरु, नट क्र्याकर र आलु भुजियामा फेला परेको थियो ।

त्यसैगरी, जंक खानेकुराहरुको समूहमा चाहिँ म्याकडोनाल्डस्को नमूनामा धरै अन्तर देखिएके थियो । उदाहरणकोे लागि, सीएसईको ल्याबमा परीक्षण गर्दा कम्पनीको फ्राइ गरिएको खानेकुरामा प्रति १०० ग्राम खानेकुरामा ०.१५ ग्रांम ट्रान्स फ्याट फेला परेको थियो, जबकि कम्पनीले त्यसमा ०.०९ ग्राम मात्रै रहेको जनाएको थियो । रातोपाटीबाट

प्रतिक्रिया दिनुहोस
कांग्रेसको १५औं महाधिवेशन रोक्न माग गर्दै सर्वोच्चमा निवेदन दर्ता

    नेपाली कांग्रेसको १५औं महाधिवेशन रोक्न माग गर्दै शेरबहादुर देउवा समूहले सर्वोच्च...

नाडा अटो शो २०२६ काठमाडौको भृकुटीमण्डपमा सुरु

    स्वर्णजयन्ती विशेष नाडा अटो शो २०२६ काठमाडौको भृकुटीमण्डपमा सुरु भएको छ...

फोहोर व्यवस्थापनबारे प्रधानमन्त्रीलाई भेटने उपत्यका मेयर्स फोरमको निर्णय

    काठमाडौं उपत्यकाका स्थानीय तहका प्रमुख, उपप्रमुख, गाउँपालिका अध्यक्ष तथा उपाध्यक्षहरूको साझा...

नेकपा एमालेको केन्द्रीय कमिटी बैठक बस्ने तयारी

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कमिटी बैठक बोलाउन महासचिव...