पब्जीको ‘विश्वकप’मा नेपाली टिम सातौं, जित्यो १० लाख



हाम्रो इकोनोमि

 

 

मोबाइल तथा कम्युटरमा खेलिने अनलाइन गेम ‘पब्जी’ लाई लिएर नेपालमा बारम्बार विवाद उब्जिन्छ । सरकारले प्रतिबन्ध पनि लगाउने निर्णय गर्‍यो । तर त्यही पब्जीको एउटा अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिएर नेपाली खेलाडीहरुको टिमले पुरस्कार जितेको छ ।

साउदीअरबमा आयोजित पहिलो ‘पब्जी मोबाइल स्टार च्यालेन्ज वर्ल्डकप’ मा नेपाली युवाहरुको टिम ‘इलिमेन्टि्रक्स’ले सहभागिता जनाएको थियो । ३२ राष्ट्रहरुले भाग लिएको प्रतियोगितामा नेपाली टिम सातौं भयो र १० हजार डलर (१० लाख रुपैयाँभन्दा बढी) जित्न सफल भयो ।

बनाना कल्चर नामक संस्थाले आयोजना गरेको प्रतियोगितामा मध्यपूर्व र उत्तर अफ्रिकाका १६ वटा टिम र बाँकी विश्वका १६ वटा टिमले प्रतिस्पर्धा गरेका थिए । प्रत्येक टिममा ५ जना खेलाडी थिए ।

पहिलो पुरस्कार रसियाको ‘टिम यूनिक’ले जितेको छ । उसले एक लाख डलर प्राप्त गर्‍यो ।

यसैगरि दोस्रो स्थानमा आएको थाइल्यान्डको आरआरक्यू एथेनाले ६० हजार डलर पाएको छ भने तेस्रो स्थान हासिल गर्ने अर्जेन्टिनाको टिम केयसोले ४० हजार डलर पाएको छ । चौंथो, पाचौं र छैटौंको पुरस्कार राशी क्रमशः १६ हजार, १४ हजार र १२ हजार डलर थियो ।

सहभागी टिमलाई दुई समूहमा बाँडेर खेलाइएको थियो । ‘टिम ए’ मा मध्यपूर्व र उत्तर अफ्रिकाका टिमहरु थिए भने बाँकी टिमहरु ‘बी’ मा थिए ।
समूह चरणमा नेपाली टिम ५६ अंकसहित दोस्रो भएको थियो । फाइनलमा भने ४७ अंक मात्र ल्याएर सातौं बन्न पुग्यो ।

पहिलो भएको रसियाको टिम युनिकले १११ अंक ल्याएको थियो ।

नेपालमा केही समयअघि सरकारले प्रब्जी खेलमाथि प्रतिवन्ध लगाएको थियो । तर, पछि अदालतले उक्त प्रतिवन्ध हटाइदिएको छ ।

पब्जी विश्वभरका किशोरकिशोरी तथा युवाहरुमा लोकपि्रय एउटा अनलाइन गेम हो । तर कुलतमा फसाएको भनेर विभिन्न देशले यसलाई प्रतिवन्ध पनि लगाएका छन् । पब्जीको लत लागेका किशोरहरुमा मानसिक समस्याहरु देखिने गरेका छन् ।

पब्जीको पूरा नाम ‘प्लेयर अननोन ब्याटलग्राउन्ड’ हो । सन् २०१७ मा मात्रै आएको यो गेम ‘ब्यालट रोयल’ बिधामा पर्छ । यो एकसाथ धेरैजनाले खेल्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस
नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...

ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा दीपचन्द्र रेग्मी

    ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मा दीपचन्द्र रेग्मी...

खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...