भारतीय छोरी नेपाली सांसद सरिता गिरीले सीमा विवादमा भारतको पक्ष लिएपछि…



 

भारतीय छोरी, नेपाली सांसद सरिता गिरीले सीमा विवादमा भारतको पक्ष लिँदै संसदीय समितिमा भनिन् -ब्रटिसले भारत छोड्दा र भारतले नयाँ नक्सा सार्वजनिक गर्दा लिपुलेक कालापानी नेपालमा थिए ? त्यो बेला नै लिपुलेक र कालापानी थिएनन् भने अहिले राजनीतिक खपतका लागि बोल्दा कुटनीतिक सम्बन्ध बिग्रिन सक्छ । फेरी नेपालले भारतको सीमा मिचेको कुरा पनि आइराख्या छ ।

काठमाडौं । भारतीय छोरी नेपाली सांसद सरिताकुमारी गिरीले सीमा विवादमा भारतको पक्ष लिएपछि शुक्रवार सिंहदवारमा जुहारी नै चल्यो । प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले सीमा विवादमा छलफल गर्न बैठक बोलाएको थियो । बैठकमा समाजबादी पार्टीकी नेत्री तथा सांसद गिरीले नेपालका लागि पूर्व भारतीय राजदूतले दिएजस्तै अभिब्यक्ति दिएकी थिइन । सीमा विवाद अन्तरिक राजनीति खपतका लागि मात्र भएको टिप्पनी गरेकी थिइन । उनको टिप्पनीपछि नेकपा स्थायी कमिटीका सदस्य भीम रावलले कडा जवाफ फर्काएका थिए ।

भारतमा जन्मिएकी गिरी लामो समयदेखि नेपाली राजनीतिमा सक्रिय छन् । सदभावना पार्टी हुँदै समाजबादी पार्टीमा आइपुगेकी गिरी डा. बाबुराम भट्टराई प्रधानमन्त्री हुने बेला मन्त्री बनेकी थिइन । त्यही बेला भट्टराईलाई आफ्नो माइती गाउँ भारत पनि लगेकी थिइन ।

शुक्रवार मिनी संसद मानिने समितिको बैठकमा गिरीले भारतका पक्षमा तर्क गरेकी थिइन । ‘वि.स १८१६ को सुगौली सन्धी, १९५० को सन्धीले यसअघिका सन्धीहरु खारेज भइसकेका छन् । हामीले त्यही पुरानै सन्धीका आधारमा कालापानी, लिपुलेक हाम्रो हो भनिरहेका छौ’, बैठकमा गिरीले भनिन् ‘ब्रिटिशले भारत छोडेको बेला नेपालको नक्सा कस्तो थियो त्यो हेर्नुपर्छ, सन् १९६२ मा महेन्द्रले शासन हातमा लिएपछि २००६ मा टोनी हेगेन फाउण्डेशनबाट नेपालको नक्सा निकालेका छन् । त्यसमा लिपुलेक, लिम्पियाधुरा नेपालको नक्सामा छैन ।१९६२ मा भारतले नक्सा जारी गर्दा लिपुलेक र कालापानी नेपालको भागमा छैनन् । त्यो बेलामा राजा महेन्द्र सरकारले भारत सरकारलाई सुसुचित किन गराएन ?’

उनले दुई देशबीच सीमाको विवाद भइरहने बताइन । नेपालले पनि भारतको सीमा मिचेको उल्टो आरोप पनि लगाइन । ‘नेपालले भारतको सीमा मिचेको कुरा पनि आइरहेको छ । दुई देशबीच सीमा विवाद हुनु अनौठो हैन । यो कुरा आश्चर्यजनक कुरा हैन । अन्तर्राष्ट्रिय सम्बन्धको कुरालाई इमोसनल रुपमा उठाउँदा कुटनीतिक सम्बन्ध कमजोर हुन्छ ।’ उनले बैठकमा चीनको कुरा पनि उठाएकी थिइन ।

गिरीको भनाईप्रति नेकपा नेता भीम रावलले तत्कालै जवाफ दिइहाले । ‘नेपालको भूमि अतिक्रमणमा परेको कुरा आन्तरिक खपतका लागि उठाइएको भन्ने एकदमै गलत हो । यो भारतीय पक्षको हात बलियो पार्ने तर्क हो ।’

गिरीको भनाईप्रति समितिकी सभापति सभापति पवित्रा निरौला खरेल पनि आपत्ति जनाइन । उनले भनिन् ‘यहाँ चीन भारतको कुरा होइन, हाम्रो देशको सीमा मिचिएका सन्दर्भमा छलफल गरिरहेका छौ, मान्यज्यूले के बोल्दै हुनुहन्छ थाहा छ ? यो तर्क त भारतीय पूर्वराजदूतहरुले गरिरहेका छन् ।’

नेकपाका अर्का नेता अग्नीप्रसाद सापकोटाले पनि आपत्ति जनाए । उनले आन्तरिक खपतका लागि बहस नभई राष्टियताका लागि बहस भएको बताए ।

प्रतिक्रिया दिनुहोस
चेक बाउन्स हुँदैमा कालोसूचीमा नपर्ने

    अब चेक बाउन्स हुँदा कालोसूचीमा नपर्ने भएको छ । आज राष्ट्र

सेयर धितो कर्जामा २० करोडको सीमा खारेज

    बैंक तथा वित्तीय संस्थाहरुबाट सेयर धितो कर्जामा संस्थाहरुलाई दिइने अधिकतम २०

ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त

    ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुरेन्द्रराज रेग्मी नियुक्त

राजदूतमा कांग्रेस-एमालेबीच भागबण्डा मिल्यो

    सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले राजदूतको भागबण्डा मिलाएका छन्