आठ प्रहरी अख्तियारको हिरासतमा, बालुवाटारको जग्गामा बिचौलियाहरुको दौडधुप



हाम्रो इकोनोमि

 

यतिबेला दुई इन्सपेक्टरसहित आठ प्रहरी अख्तियारको हिरासतमा छन् । गत २५ मंसिरमा महानगरीय अपराध महाशाखाका इन्सपेक्टर जय नेपाल थापा ४० हजार घुससहित पक्राउ परेका थिए । बैदेशिक रोजगारसम्बन्धि उजुरीको अनुसन्धानमा उनले पैसा मागेका थिए ।

ललितपुरको शुद्ध साहाकारी खाजाघरबाट उनलाई आयोगको टोलीले पक्राउ गरेको हो । त्यसको एक दिनअघि सर्लाहीको प्रहरी चौकी त्रिभुवन नगरमा कार्यरत सई राजेशकुमार सिंह र जवान मनोज कुमार यादब ५० हजार घुससहित पक्राउ परेका थिए । सामान तस्करीका लागि भनेर उनीहरुले घुस लिएका थिए ।

२२ मंसिरमा इलाका प्रहरी कार्यालय तुलसीपुरका सई हेमन्त केसी सात हजार घुससहित समातिएका थिए । १९ मंसिरमा विराटनगरको सिआरभीमा कार्यरत असई श्याम दाहाल सात हजार घुससहित समातिएका थिए । १६ मंसिरमा ट्राफिक पोष्ट धनुषामा कार्यरत सई नवीन झा टिपर चालकसँग एक हजार घुस लिदै गर्दा समातिएका थिए ।

१३ मंसिरमा सर्लाहीमा इन्सपेक्टर रामकिशोर साह घुससहित पक्राउ परे । ठगी मुद्दामा सहयोग गर्ने भन्दै उनले घुस लिएका थिए । त्यस्तै अपराध महाशाखाका असई उमेश केसी पनि घुस मागेको आरोपमा अख्तियारको हिरासतमा छन् । एकैपट आठ प्रहरी अख्तियारको हिरासतमा हुनुले प्रहरीमा पनि घुसखोरी बढेको प्रष्ट हुन्छ ।

 

बालुवाटारको जग्गामा बिचौलियाहरुको दौडधुप

प्रधानमन्त्री निवाससँगै जोडिएको सरकारी जग्गा व्यक्तिको नाममा लगिएको प्रकरणको अनुसन्धान अन्तिम चरणमा पुगेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान सकेर मुद्दा दायरको तयारी गरेको छ ।

मुद्दा दायरको तयारी भएसँगै दौडधुप बढेको छ । स्रोतका अनुसार केही जग्गाधनीलाई जोगाउनका लागि दौडधुप सुरु भएको हो । त्यो जग्गा देशका केही चर्चित व्यापारीहरुको नाममा छ ।

ती व्यापारीहरुले आफुहरुलाई मुद्दा नचलाउन बिचौलियाहरु प्रयोग गरिरहेका छन् । अख्तियारमा विज्ञका रुपमा नियुक्त भएका कतिपय व्यक्तिहरुले समेत ती व्यापारीहरुसँग नियमित भेटघाट गर्दै आएको स्रोत बताउँछ । प्रमुख आयुक्त नवीन घिमिरेका आफन्तहरुमार्फत समेत यस्तो चलखेल चलिरहेको छ ।

सो जग्गा सरकारको नाममा फिर्ता ल्याउन जग्गाधनीलाई समेत मुद्दा दायर गर्नुपर्ने अवस्था छ । ३÷४ जनापछि जग्गा किन्ने व्यक्तिहरु माफिया समूहमा पर्ने कम सम्भावना भएकाले दुई तहसम्मकालाई मुद्दा चलाउनेबारे अख्तियारमा छलफल भइरहेको छ । राणा परिवार तथा मोहीबाट जग्गा किन्नेलाई मात्र मुद्दा चलाउने र त्यसपछि जग्गा किन्नेहरुलाई मुद्दा नचलाउने भन्दै केही व्यक्तिहरुले डिल सुरु गरेका हुन् ।

सो प्रकरणमा राजनीतिक नेतृत्वलाई पनि नछुने अख्तियारको तयारी छ । तर, तत्कालिन सचिवको हैसियतमा अख्तियारकै पूर्व प्रमुख आयुक्त दीप बस्नेत, पूर्व मन्त्री समेत रहेका छवि पन्त, दिनेशहरि अधिकारीविरुद्ध भने मुद्दा दायर हुने भएको छ । त्यस्तै मालपोतका दुई दर्जन कर्मचारी पनि फन्दामा पर्ने भएका छन् । पूर्व मुख्यसचिव लिलामणि पौडेलसँग सोधपुछ भएपनि उनले मन्त्रिपरिषद्को निर्णय पत्राचार गरेकाले मुद्दा चल्ने अवस्था छैन ।

प्रतिक्रिया दिनुहोस
नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...

ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा दीपचन्द्र रेग्मी

    ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मा दीपचन्द्र रेग्मी...

खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...