विप्लवको चन्दा आतंक, जहाँ भएपनि च्याप्पै समाउन गृहमन्त्रीको ठाडो निर्देशन



हाम्रो इकोनोमि

 

 

गृहमन्त्री रामबहादुर थापाले विप्लव नेकपा छिन्नभिन्न भएको भनी जानकारी गराए लगत्तै सरकारद्वारा प्रतिबन्धित विप्लव नेकपाले व्यवसायी तथा सरकारी निकायहरुसँग चन्दा असुली गर्ने क्रममा तीब्रता ल्याएको छ । जनसरकारको हवाला दिंदै विप्लव नेकपाले सरकारी कर्मचारी, कार्यालय प्रमुख, निर्माण व्यवसायी, शिक्षक, व्यापारीलाई तोकिएको चन्दा दिलाउन खबर पुर्याउने गरिरहेको छ ।

प्रतिबन्धित विप्लव नेकपाले खुलेआम चन्दा लिने काममा पछिल्लो समयम आएर तीव्रता दिएको छ । तर सरकार र सरकारी निकाय भने यसलाई रोक्न सफल भएका देखिदैनन् । प्रहरी प्रशासनले सरकारी तथा निजी सम्पत्तिमाथि भौतिक क्षति पुर्याउने व्यक्ति तथा समूहमाथि कडा निगरानी गरिरहेको बताए पनि यसको प्रभावकारिता देखिएको छैन ।

सरकारी कार्यालय प्रमुख, निर्माण व्यवसायी, उद्योगी व्यापारी तथा स्थानीय जनप्रतिनिधिहरुले नियमित रूपमा चन्दा बुझाइरहेका छन् । निर्माण आयोजनाहरुबाट २ प्रतिशत रकम माग गर्ने विप्लव नेकपाले शिक्षक, कर्मचारी तथा स्थानीय प्रतिनिधिहरुबाट हरेक महिनाको दुई दिनको तलब नियमिकत रुपमा लिने गरेको छ ।

चन्दा नदिने सरकारी कार्यालय तथा विकासे आयोजना निर्माण सामग्री सप्लाई रोकिदिने, यन्त्रहरुमा क्षति पु¥याइदिने आदि गर्न थालेपछि सबैले तोकिएको कर बुझाउन बाध्य भएका छन् । दूरसञ्चार सेवाप्रवाह कम्पनी एनसेललगायतका टावरहरुमा बिस्फोट गराएपछि जनमानसमा एक प्रकारको त्रास र आतंक सिर्जना हुन पुगेको छ ।

गत बिहीबार संखुवासभाको मादी नगरपालिका–५ को कार्यालय र सडक निर्माणका क्रममा रहेको स्काभेटरमा विप्लव समूहद्वारा आगजनी गरिएको हुसक्नेमा नगरप्रमुख विदुर सुब्बा विश्वस्त देखिन्छन् । यसअघि मध्यपहाडी लोकमार्गअन्तर्गत खोटाङ र भोजपुर निर्माणाधीन सडकखण्डमा चारवटा स्काभेटरमा आगजनी गरिएको थियो ।

सम्बन्धित निकाय र व्यवसायीका अनुसार आगजनीका यी सबै काम तेकिएको चन्दा नदिइँदा विप्लव नेकपाबाट हुने गरेको बताउँछन् । निर्माण व्यवसायी भन्छन्– ‘२ प्रतिशत भनेको हाम्रा लागि फलामको च्युरा नै हो । तर के गर्नु बाँच्नु पनि परेको छ, सुरक्षा पाउन गाह्रो छ ।’

महिना पहिले मात्र अर्घाखाँची इन्चार्ज कमल केसी र जिल्ला जनसरकार प्रमुख पीताम्बर पोख्रेलले विज्ञप्ति जारी गरेर आफ्नो सरकारलाई कर बुझाउन उर्दी जारी गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस
होर्मुज स्ट्रेट सञ्चालनमा सहयोग नभए नेटोको भविष्य नराम्रो हुनेछ : ट्रम्प

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपेली मुलुकहरूले होर्मुज स्ट्रेट पुन: सञ्चालन लागि...

दुबई अन्तर्राष्ट्रिय विमानस्थल बन्द

    दुबई अन्तर्राष्ट्रिय विमानस्थल अस्थायी रूपमा बन्द गरिएको छ । दुबईका अधिकारीहरूले...

रास्वपाले टुंग्यायो समानुपातिक सांसदको नाम

    राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकतर्फका ५७ जना सांसदको नाम टुंगो लगाएको छ...

मध्यपूर्वका १४ देश छाड्न अमेरिकाद्वारा आफ्ना नागरिकलाई निर्देशन

     इरानले मध्यपूर्वमा रहेका अमेरिकी अखडाहरूमा आक्रमण गरेपछि अमेरिकाले आफ्ना नागरिकहरूलाई उक्त...