६ हजार रोपनी सरकारी जग्गा व्यक्तिका नाममा, कारवाही गर्न प्रधानमन्त्रीको निर्देशन



हाम्रो इकोनोमि

 

आठ जिल्लामा मात्रै चार सय ७० बिघा आर्थात् ६ हजार दुई सय ५५ रोपनी सरकारी जग्गा व्यक्तिको नाममा गएको भेटिएको छ । सरकारी, सार्वजनिक तथा गुठी जग्गा संरक्षणसम्बन्धी जाँचबुझ आयोगले आठ जिल्लाको विवरणसहितको प्रतिवेदन शनिबार प्रधानमन्त्री केपी ओलीलाई बुझाएको छ ।

आयोगले बाँके, मकवानपुर, कास्की, रौतहट, सर्लाही, रुपन्देही, काठमाडौं र सुनसरीमा हिनामिना गरिएको सरकारी जग्गाको विवरण तयार गरेको हो । आयोगको प्रतिवेदनअनुसार सबैभन्दा धेरै सुनसरीको सर्दु जलाधार क्षेत्रको दुई सय ५० बिघा (तीन हजार तीन सय २७ रोपनी) जग्गा व्यक्तिको नाममा पुगेको जनाएको छ । वातावरण संरक्षण र आसपासका जनताको पानीको स्रोत संरक्षणका लागि भन्दै ०३२ मा तत्कालीन सरकारले सर्दु जलाधार क्षेत्रका २०९ परिवारलाई मोरङको बयरवन र अमरदहमा स्थानान्तरण गरेका थिए । तर, सट्टभर्ना जग्गा पाइसकेका उनीहरू पछि पुरानै ठाउँमा फर्केर बस्न थालेका थिए । सर्दुको अधिकांश जग्गा अहिले किनबेच भइसकेको छ ।

नेपालगन्जको बागेश्वरी गुठीको ८४ बिघा (एक हजार एक सय १८ रोपनी) जग्गा मठाधीशले आफ्नो नाममा बनाएको पनि आयोगको प्रतिवेदनमा उल्लेख छ । पोखरामा ३६ रोपनी सरकारी जग्गा हिनामिना भएको जनाएको छ ।

‘हामीले प्रधानमन्त्रीलाई भेटेर प्रतिवेदन बुझाएका छौँ । हिनामिना भएको सरकारी जग्गा सरकारकै नाममा आउनुपर्ने ध्यानाकर्षण पनि गराएका छौँ । सरकारले तत्काल गर्नुपर्ने कामबारे सुझाब दिँदै दोषीलाई कारबाही गर्न पनि सिफारिस गरेका छौँ,’ आयोग अध्यक्ष मोहनरमण भट्टराईले भने, ‘आयोगको प्रतिवेदन कार्यान्वयनमा लैजाने विश्वास प्रधानमन्त्रीले दिलाउनुभएको छ ।’  ६ महिनाको अध्ययनपछि प्रतिवेदन तयार गरेको आयोगलाई थप काम गर्न ६ महिना समय थपिएको छ ।

प्रतिक्रिया दिनुहोस
भरतपुरमा गुडिरहेको कारमा लाग्यो आगो, एक जनाको मृत्यु

     चितवनको भरतपुर महानगरपालिका–९ स्थित बसन्तचोक नजिकै एक कारमा आगलागी हुँदा एक...

एमालेको पुनर्गठन कार्यदल बैठकमा दुई प्रतिवेदन पेश हुृने

    शुक्रबार नेकपा एमालेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको बैठकमा दुई...

सरकारले संविधानको मर्ममाथि प्रहार गरिरहेको छ : अमरेशकुमार सिंह

    रास्वपाका सांसद अमरेशकुमार सिंहले आफ्नै दलका नेता बालेन शाह नेतृत्वको सरकारले...

संसद् पुनर्स्थापना एमालेको एजेन्डा : महेश बस्नेत

    नेकपा एमालेका सचिव महेश बस्नेतले आगामी केन्द्रीय समितिको बैठकले जेनजी आन्दोलनपछि...