मौसमविद भन्छन्- नयाँ प्रणाली भित्रियो, अब देशभर चिसो बढ्छ



हाम्रो इकोनोमि

 

बुधबार रातिबाट विकास भएको नयाँ मौसमी प्रणालीले देशका हिमाली भेगमा हिमपात भएको छ भने अन्य स्थानमा चिसो बढेको छ ।

बुधबार साँझ नेपालको पश्चिम भूभागबाट न्यून चापीय प्रणालीको प्रवेश भएसँगै हिमाली भागमा हिमपात तथा अन्य स्थानको तापक्रममा गिरावट आएको हो ।

हुम्लासहित कर्णालीका उच्च हिमाली भागमा बिहीबार बिहान ६ बजेदेखि हिमपात भइरहेको छ । हिमपातले जनजीवन प्रभावित छ भने हवाई सेवा अवरुद्ध भएको छ ।

मौसममा आएको बदलीले तराईको जनजीवन पनि प्रभावित भएको छ । तराई क्षेत्रमा पनि कतिपय स्थानको हवाई सेवा प्रभावित भएको छ । यद्यपि, काठमाडौंको भिजिबिलिटी ४ हजार मिटर रहेकाले हवाई सेवा सञ्चालन भइरहेको छ । भिजिबिलिटी ३ हजार मिटरभन्दा कम भएमा उडान गर्न नहुने अन्तर्राष्ट्रिय उड्डयन नियम छ ।

मौसममा विकास भएको नयाँ प्रणाली शनिबारसम्म जारी रहने मौसमविदको प्रक्षेपण छ । मौसम पूर्वानुमान विभागका मौसमविदका अनुसार, योबीचमा देशका अधिकांश भूभागको तापक्रममा गिरावट आई चिसोसमेत बढ्नेछ ।

काठमाडौं उपत्यकाको तापक्रम बिहीबार बिहान ९ः४५ बजे ७.७ डिग्री मापन भएको छ । यो वर्षकै सबैभन्दा चिसो दिन भने होइन । यस वर्ष काठमाडौंको तापक्रम ५ डिग्रीमा झरिसकेको छ ।

देशका पश्चिम भेगका धेरै र पूर्वी भागका केही स्थानमा शनिबारसम्मै हल्का वर्षाको सम्भावना पनि विभागले औंल्याएको छ । मौसम विभागका अनुसार, शनिबारपछि भने मौसममा सुधार आउनेछ ।

प्रतिक्रिया दिनुहोस
नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...

ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा दीपचन्द्र रेग्मी

    ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मा दीपचन्द्र रेग्मी...

खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...