नक्कली नोट छाप्ने नाइके पक्राउ



हाम्रो इकोनोमि

 

 

कैलाली जिल्लामा नक्कली नोट छाप्ने गिरोहका मुख्य नाइके भनिएका तेजबहादुर कार्कीलाई प्रहरीले पक्राउ गरेको छ । कञ्चनपुर घर भएका कार्कीलाई सोमबार साँझ महेन्द्रनगरबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता दक्षकुमार बस्नेतले बताए ।

उक्त गिरोहमा संलग्न भनिएका चार जना गएको साउन महिनामा पक्राउ पर्दा कार्की फरार रहेका थिए । यसअघि पक्राउ पर्नेमा कैलाली चुरे गाउँपालिकाका भोजबहादुर बम र खगेन्द्र रजवार, धनगढीका पल्लभराज भट्ट र महोत्तरीको बर्दिवासका गोकुल खड्का रहेका थिए ।

पल्लभराजलाई धरौटीमा रिहा गरिएकामा तीन जनालाई पुर्पक्षका लागि कारागार चलान गरिएको थियो । उनीहरुविरुद्ध खोटा चलन शीर्षकमा मुद्दा चलाइएको छ । उनीहरुका साथबाट नक्कली नोट छाप्ने उपकरण, नक्कली नोटसहितका सामग्री बरामद गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस
नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...

ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा दीपचन्द्र रेग्मी

    ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मा दीपचन्द्र रेग्मी...

खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...