अमेरिकाको न्युजर्सी शहरमा गोली चल्यो, प्रहरी सहित ६ जना मारिए



हाम्रो इकोनोमि

 

अमेरिकाको न्युजर्सी शहरमा गोली चल्दा एक प्रहरी अधिकृतसहित ६ जनाको मृत्यु भएको छ । शहरका मेयर स्टिभन फुलपका अनुसार अन्य दुई प्रहरी घाइतेसमेत भएका छन् ।

जर्सी शरहको ग्रीनभिल इलाकामा प्रहरी र हतियारधारीबीच करिब एक घण्टासम्म गोली हानाहान भएको थियो ।

गोली चलाउने व्यक्ति को हो र किन गोली चलायो भन्ने नखुलेको बीबीसीले जनाएको छ । तर अधिकारीहरुले भने यो आतंकवादी आक्रमण हुनसक्ने बताएका छन् ।

स्थानीयबासीका अनुसार गोलीबारीको सुरुआत एक पसलबाट भएको थियो, जहाँ दुई संदिग्ध व्यक्ति लुकेका थिए ।

मारिने प्रहरीमा ३९ वर्षीय जोसेफ सिल्स छन् । उनी १३ वर्षदेखि जर्सी शहरको प्रहरी सेवामा थिए ।

जर्सी प्रहरीका प्रमुख माइक केलीले भनेका छन् जोसेफले सडकलाई हतियार मुक्त बनाउन अहम् भूमिका खेलेका थिए ।

केलीका अनुसार स्थानीय समयअनुसार मध्याह्न १२ बजेतिर एक्कासी गोली चल्न थाल्यो । त्यसपछि जोसेफले ती बन्दुकधारीलाई पक्रने कोसिस गरेका थिए, त्यहीबेला उनी मारिए ।

दुई जना संदिग्ध व्यक्तिले गोली चलाएका थिए । जोसेफको हत्यापछि ती दुवै ट्रकमा चढेर भागे र नजिकैको एक सुपरमार्केटमा लुके । उनीहरुले सुपरमार्केटभित्रबाट पनि प्रहरीमाथि गोली चलाइरहे । उनीहरुले पसलभित्रका तीन जना व्यक्तिको पनि हत्या गरे ।

त्यसपछि विशेष प्रहरी दस्तालाई बोलाइयो र ती आक्रमणकारी पनि मारिए । प्रहरीका अनुसार आक्रमणकारीबाट राइफल र त्यसमा लाग्ने सयकडौं राउण्ड गोलीहरु बरामद भएका छन् ।

प्रतिक्रिया दिनुहोस
नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...

ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा दीपचन्द्र रेग्मी

    ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मा दीपचन्द्र रेग्मी...

खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...