जापानी भाषा परीक्षामा सबैभन्दा कमजोर नेपाली



हाम्रो इकोनोमि

 

 

नेपाली युवालाई रोजगारीको अवसर दिन जापान फाउन्डेसनले लिएको भाषा परीक्षामा नेपालको नतिजा सहभागी पाँच राष्ट्रमध्ये सबैभन्दा कमजोर देखिएको छ ।गत कात्तिकमा लिइएको आधारभूत जापानी भाषा परीक्षामा एकै समूहमा परीक्षा दिएका मंगोलिया, इन्डोनेसिया, कम्बोडिया र फिलिपिन्सपछि सबैभन्दा कमजोर नतिजा नेपालको देखिएको हो ।
जापान फाउन्डेसनले प्रकाशित गरेको नतिजा तालिकामानेपालबाट ४९७ जनाले परीक्षा दिएकोमा ५६ जनामात्र उत्तीर्ण भएका थिए । सो नतिजाअनुसार सबैभन्दा बढी मंगोलियाबाट ६१ प्रतिशत र नेपालबाट ११ प्रतिशतमात्र उत्तीर्ण भएका थिए । तर। स्ट्यान्डर्ड डेभिएसनमा भने नेपाल तेस्रो भएको परीक्षाको व्यवस्थापन गर्दै आएको जापान फाउन्डेसनले जनाएको छ ।

केही समयअघि नेपालले केयरगिभरको लागि माग गर्ने श्रमिक कोटा बढाउन अनुरोध गरेपनि भाषा परीक्षामा भने न्यून संख्यामा उत्तीर्ण भएका छन् ।भाषा परीक्षामा सहभागी हुन १३ हजार नेपालीले आवेदन दिएको जापान फाउन्डेसनले जनाएको छ । जसमा लक्की ड्रमार्फत १ हजार जनालाई छानेर नर्सिङ केयर गिभर र भाषा परीक्षामा सामेल गराइएको थियो । भाषा परीक्षापछिको सीप परीक्षणमा सहभागीमध्ये कति नेपाली उत्तिण भए भन्नेबारे सरकारले आधिकारिक धारणा माग गरेको वैदेशिक रोजगार विभागका महानिर्देशक भीष्मकुमार भुसालले जानकारी दिए ।

नेपालसँगै मंगोलियाबाट ६० जनाले भाषा परीक्षा दिएकोमा ३७ पास भएका छन् । यस्तै, इन्डोनेसिया ३४० सहभागीमध्ये १२९, कम्बोडियाबाट ९१ मध्ये २२ र फिलिपिन्सबाट ६४२ मध्ये ५६ जना उत्तीर्ण भएका छन् ।

जापानले नेपाली युवा छनोट गर्न ‘फस्र्ट कम फस्र्ट सर्व’ को अवधारणा ल्याएको भएपनि हाल आएर सीप परीक्षणका लागि चिठ्ठा प्रणाली लागू गरेको छ ।जापानले केयरगिभर क्षेत्रमा नेपालीलाई रोजगारीदिन अनलाइन आवेदन लिएको थियो । जापान जान चाहने इच्छुक व्यक्तिले जापान फान्डेसनको वेबसाइटमा गएर अनलाइनमार्फत अवोदन दिन पाउनेछन् । जापानले नेपाललगायत ९ राष्ट्रबाट विभिन्न १४ क्षेत्रमा विदेशी कामदार हुने जनाउँदै नेपालबाट पहिलो चरणमा केयरगिभर क्षेत्रमा १ हजार भन्दा बढी युवा लैजाने जनाएको छ । जापानले ९ राष्ट्रलाई फरकफरक क्षेत्रमा कोटा निर्धारण गरेअनुसार नेपालले केयरगिभरेको माग पाएको हो । मन्त्रालयले केयरगिभरबाहेक अन्य क्षेत्रमा समेत नेपाली कामदारलाई रोजगारी दिन छलफल गरिहेको छ ।नेपाल सरकारले केयरगिभरजस्तै अन्य क्षेत्रका लागि पनि छिटो परीक्षा गर्नेबारे जापानी पक्षसँग छलफल गरेको छ ।

जापानले ९ राष्ट्रबाट क्रमशः नर्सिङ क्षेत्रमा ६० हजारभन्दा बढी विदेशी कामदार लैजाने जनाउदै आएको छ । जापानमा वृद्धवृद्धाको संख्या बढ्दै गइरहेका कारण विदेशबाट केयरगिभर र नर्सको माग क्रमस उच्च हुने सरकारी अनुमान छ । जापानले ५ वर्षमा ४ लाखको हाराहारीमा विदेशी कामदार लिने जनाए पनि नेपाली युवाको दक्षता र सीपमा नै माग गर्ने संख्या निर्धारण हुने देखिएको छ । सरकारले बढी भन्दा बढी नेपाली युवाका लागि जापानमा रोजगारी बढाउन उच्चस्तरको सीप तालिम कार्यक्रम सञ्चालन गर्ने तयारीसमेत गरेको छ । भाषा परीक्षामा एन ४ तहको भाषा पास गर्नुपर्ने उल्लेख छ। श्रमिक छनोट तथा भर्ना प्रक्रियाका लागि जापान फाउन्डेसन अन्तर्गतको प्रोम्याट्रिक कम्पनीेलाई जिम्मा दिइएको छ ।

प्रतिक्रिया दिनुहोस
राज्यलाई लाख जरिवाना तिराउने कानुन चाहियो : ज्ञानेन्द्र शाही

    राप्रपा संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले सडक, ट्राफिक व्यवस्थापन र सरकारी...

रास्वपा केन्द्रीय समितिमा ८ जना मन्त्री निर्वाचित

    बालेन शाह नेतृत्वको सरकारका ८ जना मन्त्रीहरु सत्तारुढ दल रास्वपाको केन्द्रीय...

रास्वपामा ४९ महिला केन्द्रीय सदस्यमा निर्वाचित

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को निर्वाचित केन्द्रीय सदस्यमा झन्डै आधा महिला...

बंगलादेश निर्यात गर्ने थप २० मेगावाट बिजुली रोकियो

    नेपालबाट बंगलादेशमा थप २० मेगावाट विद्युत् निर्यात गर्ने योजनामा भारतीय पक्षले...