कार दुर्घटनामा ग्लोबल आईएमई बैंकका प्रबन्धको निधन



हाम्रो इकोनोमि

 

 

कार दुर्घटनामा परी ग्लोबल आईएमई बैंकका शाखा प्रवन्धकको ज्यान गएको छ ।

पूर्व–पश्चिम राजमार्गको वोर्डगाउँ नजिक कार दुर्घटना हुँदा ग्लोबल आईएमई बैंक बनगाई शाखाका प्रबन्धक प्रबन्धक सुरज पाण्डको ज्यान गएको हो । बा. ६ च ६३९० नम्बरको कार आज बिहान करिब ८ बजेतिर दुर्घटनामा परेको जनाइएको छ ।

कपिलवस्तु नगरपालिका–९ हरनामपुरनिवासी २९ वर्षीय पाण्डेको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । तीव्र गतिमा रहेका कारण कार दुर्घटना भएको हुनसक्ने प्रहरीको भनाई रहेको छ । कार अनियन्त्रित भइ सडक किनारको बिजुलीको पोलमा ठोक्किएको थियो । कारमा सवार अन्य पाँच जना घाइते छन् ।

 

प्रतिक्रिया दिनुहोस
नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...

ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा दीपचन्द्र रेग्मी

    ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मा दीपचन्द्र रेग्मी...

खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...