पशुपतिनाथको मुख्य शिवलिङ्गको तस्बिर बाहिरियो, मोवाइल लान प्रतिबन्ध



हाम्रो इकोनोमि

 

विश्वभरका हिन्दूहरुको आस्थाको केन्द्र पशुपतिनाथ मन्दिरमा मोबाइल, क्यामरा र बिद्युतिय सामग्री लिन प्रतिबन्ध लगाइने भएको छ । पुशपतिनाथको गर्भगृहस्थित मुख्य शिवलिङ्गको तस्बिर सामाजिक सञ्जालमा बाहिरिएपछि मोवाइल, क्यामरा र बिद्युतिय सामग्री लिने प्रतिबन्ध लगाइने भएको छ ।

गत साता पशुपति क्षेत्र विकास कोषका सदस्य अर्जुनप्रसाद बास्तोला एडमिन भएको एउटा ह्वाट्सएपबाट मुख्य शिवलिङ्गको तस्बिर सामाजिक सञ्जालमा आएको थियो । तस्विर खिच्न प्रतिबन्ध लगाइएको मुख्य शिवलिङ्गको तस्वीर सामाजिक सञ्जालमा आएपछि अहिले विरोधको स्वर चर्किदै गएको छ । कोषका सदस्य अर्जुनप्रसाद बास्तोलाले तस्विर बाहिर ल्याएको आशंकामा उनको आलोचना भइरहेको छ ।

तर बास्तोलाले आफुलाई फसाउन कसैले षड्यन्त्र गरेको र आफुलाई ह्वाट्एपमा जोडिएको बताएका छन् । तरपनि विवाद चर्किदै गएको छ । पशुपति क्षेत्र विकास कोषका पूर्वसदस्य र राजनीतिक दलका नेताहरुले दोषिलाई कारवाही गर्न संस्कृति पर्यटन तथा नागरिक उड्यनमन्त्री योगेश भट्टराईलाई आग्रह गरेका छन् ।

‘पशुपति क्षेत्रका आफ्नै सांस्कृति परम्परा, मुल्य र मान्यता छन् । यसको संरक्षण र प्रवद्र्धन गर्ने जिम्मा लिएकाहरुबाटै परम्परागत मान्यता, प्रचलन, नियम र मर्यादा विपरित गतिविधि हुनु गम्भीर बिषय हो’ कांग्रेस नेता गगन थापाले भने ‘माननीय मन्त्री योगेश भट्टराईज्यू यस कार्यमा संलग्नलाई अविलम्ब छानविन गरी कारवाही होस् ।’

गत साता ‘पशुपति सन्त सम्मेलन’ नामक एउटा ह्वाट्सएप समूहमा पशुपतिनाथको मुख्य शिवलिङ्गको तस्बिर बाहिरिएको थियो । उक्त समूहमा पशुपतिनाथ मन्दिर र धार्मिक सङ्घसंस्थामा आबद्ध व्यक्तिहरू रहेका छन्। संरक्षण कर्ताहरु नै रहेको ह्वाट्सएपबाट तस्विर बाहिरएपछि साधना स्थलको अनादर गरिएको भन्दै विरोध शूरु भएको हो ।

प्रतिक्रिया दिनुहोस
नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...

ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा दीपचन्द्र रेग्मी

    ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मा दीपचन्द्र रेग्मी...

खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...