विस्तार हुने भो कलंकी–महाराजगञ्ज सडक



हाम्रो इकोनोमि

 

काठमाडौंको चक्रपथ विस्तारको दोस्रो चरणको काम तीव्र रुपमा भइरहेको छ । मार्चको अन्तसम्म विस्तारको काम सुरु गर्नेगरि आन्तरिक तयारी गरिएको विकास सहायता कार्यान्वयन महाशाखाले जनाएको छ । दोस्रो चरणअन्तर्गत कलंकी–महाराजगञ्ज र कोटेश्वर–तिलगंगा सडकखण्ड विस्तार गर्न लागिएको हो ।
सडक खण्ड विस्तारका लागि सडकको सीमा क्षेत्र पूर्णरूपमा खाली अर्थात ‘साइट क्लियर’ गरेर विस्तारको काम सुरु गरिने महाशाखाको भनाइ छ । जसअन्तर्गत मार्चको अन्त्यसम्ममा बिजुली पोल, रुख र खानेपानी ढललगायतका अन्य अवरोध हटाएर सिमांकन गरिने जनाइएको छ ।

साइड क्लियरियन्स गरेरमात्र सडक निर्माणका लागि कम्पनीले विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गरेर काम थाल्ने योजना चिनियाँ पक्षको माग छ । कलंकी–महाराजगञ्ज सडक चीनले पूर्वसम्भाव्यता अध्ययन पूरा गरिसकेको छ । तर डीपीआर निर्माणका लागि सीमा क्षेत्र ‘साइड क्लियर’ खाली हुनुपर्ने चिनियाँ पक्षको भनाइ छ । हाल विजुलीका पोल, ढल, रुख कटानलगायतको साइड क्लियरियन्सको काम तीव्र गतिमा भइरहेको महाशाखाको भनाइ छ ।
बिजुलीको पोल सार्नको लागि १० करोड ७२ लाख रुपैयाँ नेपाल विद्युत् प्राधिकरणलाई सम्बन्धित पक्षले बुझाइसकेको छ । कंलकी–महाराजगञ्ज खण्ड चीन सरकारले अनुदान सहयोगमा निर्माण गर्न लागेको हो । नेपालले निर्माणका लागि साइट क्लियर गरेसँगै चीनले ठेकेदार छनोट गरी काम थाल्ने विकास सहायता कार्यान्वयन महाशाखाका प्रमुख अर्जुनजंग थापाले जानकारी दिए ।
प्रमुख थापाले भने, ‘कलंकी–कोटेश्वर खण्डमा सडक साइट क्लियर नगरीदिँदा तीन वर्षमा सकिने काम ५ वर्ष लागेको भन्दै चीनले यसपटक हामीले क्लियर गरेर दिएमा दुई वर्षमै निर्माण सक्ने जनाएको छ ।’ कलंकी–महाराजगञ्ज खण्डको साढे आठ किलोमिटर क्षेत्रभित्र निर्माण भएका संरचना हटाएर फागुनसम्ममा चीन सरकारलाई हस्तान्तरण गर्ने तयारीमा महाशाखा रहेको थापाको भनाइ छ ।
कूल ६२ मिटर चौडाइमा (केन्द्रबाट दायाँबायाँ दुवैतर्फ ३१ मिटर) रहने र यसमा चीनले ५० मिटरमा सडक विस्तार गर्ने छ । बीचमा डिभाइडरसहितको ४ लेन र दायाँबायाँ २–२ मिटरको सर्भिस लेन गरी ८ लेनको सडक निर्माण हुने छ । बाँकी १२ मिटर चौडाइमा भने नेपाल सरकारले एक–एक लेनको साइकल लेन रहने र यससँगै पैदलयात्रु लेन पनि हुनेछ । सो क्षेत्रमा रहेका करिब १९ सय रुख कटानको लागि लिलामी प्रक्रिया पनि सुरु भइसकेको छ ।
साढे आठ किलोमिटर सडक खण्ड पनि २ वर्षभित्रै सक्ने तथा ६ अर्ब लागत अनुमान छ । सन् १९७७ मा चीनकै सहयोगमा साढे २७ किलोमिटर चक्रपथ निर्माण गरिएको थियो । चीन सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा चक्रपथको कलंकी–कोटेश्वरमा साढे १० किलोमिटर सडक विस्तार भइसकेको छ । चीनको सरकारी कम्पनी सांघाइ कन्स्ट्रक्सन गु्रपले २०७० सालदेखि विस्तारको काम अघि बढाएको थियो ।

प्रतिक्रिया दिनुहोस
कांग्रेसको १५औं महाधिवेशन रोक्न माग गर्दै सर्वोच्चमा निवेदन दर्ता

    नेपाली कांग्रेसको १५औं महाधिवेशन रोक्न माग गर्दै शेरबहादुर देउवा समूहले सर्वोच्च...

नाडा अटो शो २०२६ काठमाडौको भृकुटीमण्डपमा सुरु

    स्वर्णजयन्ती विशेष नाडा अटो शो २०२६ काठमाडौको भृकुटीमण्डपमा सुरु भएको छ...

फोहोर व्यवस्थापनबारे प्रधानमन्त्रीलाई भेटने उपत्यका मेयर्स फोरमको निर्णय

    काठमाडौं उपत्यकाका स्थानीय तहका प्रमुख, उपप्रमुख, गाउँपालिका अध्यक्ष तथा उपाध्यक्षहरूको साझा...

नेकपा एमालेको केन्द्रीय कमिटी बैठक बस्ने तयारी

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कमिटी बैठक बोलाउन महासचिव...