बोरामा हालेर बच्चा चोर्दै गरेका दुई भारतीय पक्राउ



हाम्रो इकोनोमि

 

सप्तरीमा भारतीय चोरहरुको हातबाट आठ वर्षीया बालिका फुत्किन सफल भएकी छन्।

मोरङको डाडर बैरीया गाउँपालिका–५ का संजय शर्माकी छोरी आँचल शर्मालाई भारतीय चोरहरुले बोरामा राखेर लैजाँदै गर्दा स्थानीयको सहयोगमा प्रहरीले मुक्त गरेको छ।
बच्चा चोर्न आएका दुईजनालाई प्रहरीले पक्राउ गरेको छ।

सप्तरीको हनुमाननगर कंकालिनि नगरपालिका–९ हनुमाननगर बजार रहेका मामा अमित शर्माको घरकाे आँगनमा खेलिरहेकी बालिकालाई चोरहरुले बोरामा हालेर साइकलमा लैजान लागेका थिए।

जुरबुवाको श्राद्धमा आएकी बालिकालाई चोरहरुले जवर्जस्ती उठाएर लग्न लागेको देखेपछि बालिकाकी हजुरआमा साबित्री देबी शर्माले हो–हल्ला गरेकी थिइन्।

प्रहरीले बालिका चोर भारत बिहार जिल्ला सुपौल ग्राम बथनाहा वडा नं१८ बस्ने उमेश गोसाईको छोरा अंन्दाजी वर्ष २० को आनन्द कुमार गोसाई र सोही ग्राम–४ बैरियाघाट बस्ने नरेश झाको छोरा अन्दाजी वर्ष १८ को अनिल कुमार झालाई पक्राउ गरेको छ।

उनीहरुको साथबाट साईकल १ थान र पलाष्टीको ३ वटा बोरा समेत बरामद गरेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस
रास्वपा विधिमा विश्वास गर्छ : रवि लामिछाने

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीको नेतृत्व विकास...

गगन थापालाई पक्राउ गरे चुप बस्दैनौँ : कांग्रेस

  नेपाली कांग्रेसका महामन्त्री उदयशमशेर राणाले पार्टी सभापति गगन थापालाई पक्राउ गरे चुप...

गगन थापामाथि कसैले निगरानी गरेको छैन : सीआईबी

    नेपाली कांग्रेसका सभापति गगन थापालाई प्रहरीले पक्राउ गर्ने हल्ला व्यापक छ,...

डिजिटल यात्राको दिशामा नेपाल आयल निगम

    नेपाल आयल निगम लिमिटेडले आफ्ना कारोबारलाई एकीकृत डिजिटल प्रणालीमा रूपान्तरण गर्न...