तनहुँमा एक करोडको सुन्तला उत्पादन



हाम्रो इकोनोमि

 

तनहुँको म्याग्दे गाउँपालिका–२ खानीगाउँका कृषकले यस वर्ष एक करोडभन्दा बढीको सुन्तला बिक्री गरेका छन् । स्थानीय शुकनारायण श्रेष्ठ, विश्वबहादुर अधिकारी, निर्मल अधिकारी र रामबहादुर थापाले एक करोड २० लाख बराबरको सुन्तला बिक्री गरेका हुन् ।
यस वर्ष शुकनारायणले ५० लाख, विश्वबहादुरले ४० लाख, निर्मलले १८ लाख र रामबहादुरले १२ लाख रुपैयाँको सुन्तला बिक्री गरेका छन् । चालिस रोपनी क्षेत्रफलमा ८०० सुन्तलाको बोट रहेकामा ७०० सुन्तलाको बोटले उत्पादन दिएको स्थानीयवासी शुकनारायणले जानकारी दिए । श्रेष्ठले गत वर्ष ३१ लाख बराबरको सुन्तला बिक्री गरेका थिए ।

अर्का किसान विश्वबहादुरले ६०० बोट र रामबहादुरले ३५० बोटबाट आम्दानी गरेका छन् । कृषि ज्ञान केन्द्र तनहँुका प्रमुख कुलप्रसाद तिवारीले यस वर्ष खानीगाउँमा राम्रो सुन्तला उत्पादन भएको बताए । ‘जिल्लाका केही ठाउँमा विभिन्न रोगका कारण सुन्तलाको बोट नष्ट हुने समस्या देखिए पनि म्याग्दे गाउँपालिकामा भने कुनै समस्या भएन’, तिवारीले भने ।

सुन्तला उत्पादक कृषक विश्वबहादुरले रोगका कारण मात्रै नभई व्यवस्थापन कमजोर हुँदा पनि सोचे जति उत्पादन हुन नसक्ने बताए । अधिकारीले सुन्तला व्यवस्थापनका लागि मात्रै वार्षिक पाँच लाखभन्दा बढी लगानी गर्ने गरेको बताए ।
तनहुँमा कूल एक हजार ६०० हेक्टर क्षेत्रफलमा सुन्तला उत्पादन हुँदै आएको कृषि ज्ञान केन्द्रले जनाएको छ । जिल्लाको व्यास नगरपालिका–११ तनहुँसुर, वडा नं १३ बेनीकोट, देवघाट गाउँपालिका–२, ३ र ४, आँबुखैरेनी गाउँपालिका–२ पतेनी, शुक्लागण्डकी नगरपालिका–११ राइपुर, भिमाद नगरपालिका–९ भानुमतीलगायतका ठाउँमा व्यावसायिक रूपमा सुन्तला उत्पादन हुँदै आएको छ ।
जिल्लामा गत वर्ष २७ करोडको सुन्तला उत्पादन भएको कृषि ज्ञान केन्द्रको तथ्यांक छ । यस वर्ष पनि सोही अनुपातमा सुन्तला उत्पादन हुने अनुमान छ । यहाँ उत्पादित सुन्तला पोखरा, चितवन, काठमाडौंलगायतका ठाउँमा निर्यात हुँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...