बंगलादेशसँग नेपाल ४४ रनले पराजित



हाम्रो इकोनोमि

 

१३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष क्रिकेटमा नेपाल बंगलादेशसँग ४४ रनले पराजित भएको छ । लिग चरणको आफ्नो अन्तिम खेलमा बंगलादेशको यू-२३ टिमसंग नेपाल ४४ रनले पराजित भएसंगै नेपालको स्वर्ण जित्ने सपना पनि समाप्त भएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा पहिले ब्याटिङ गरेको बंगलादेशले नेपाललाई १ सय ५६ रनको चुनौती दिएको छ। जवाफी ब्याटिङमा आएको नेपालले १ सय ११ रन मात्रै बनाउन सक्यो। बंगलादेशका लागि कप्तान नाजमुल सान्टोले सर्वाधिक ६० रन बनाउँदा अफिफ होसेनले ५२ रन बनाएका थिए। बंगलादेशविरुद्ध पारि खड्काले ३ विकेट लिँदा दीपेन्द्रसिंह ऐरीले २ र अविनाश बोहोराले १ विकेट लिए।

नेपालको लागि कप्तान ज्ञानेन्द्र मल्लले सर्वाधिक ४३ रन बनाए । यस्तै उपकप्तान दिपेन्द्र सिंह ऐरीले १६ रन बनाउनु बाहेक अन्य खेलाडीले दोहोरो अंक छुन सकेनन् ।आजको खेलमा जित हात पार्दै फाइनलमा स्थान पक्का गर्ने नेपालको लक्ष्य रहेको थियो । तर बंगलादेशसंगको हारसंगै नेपाल फाइनलबाट बन्चित भएको छ । नेपालले अब कास्य पदकका लागि खेल्नेछ। चार खेलमा दुई जित र दुई हार व्यहोरेको नेपाल अंक तालिकाको तेस्रो स्थानमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस
भरतपुरमा गुडिरहेको कारमा लाग्यो आगो, एक जनाको मृत्यु

     चितवनको भरतपुर महानगरपालिका–९ स्थित बसन्तचोक नजिकै एक कारमा आगलागी हुँदा एक...

एमालेको पुनर्गठन कार्यदल बैठकमा दुई प्रतिवेदन पेश हुृने

    शुक्रबार नेकपा एमालेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको बैठकमा दुई...

सरकारले संविधानको मर्ममाथि प्रहार गरिरहेको छ : अमरेशकुमार सिंह

    रास्वपाका सांसद अमरेशकुमार सिंहले आफ्नै दलका नेता बालेन शाह नेतृत्वको सरकारले...

संसद् पुनर्स्थापना एमालेको एजेन्डा : महेश बस्नेत

    नेकपा एमालेका सचिव महेश बस्नेतले आगामी केन्द्रीय समितिको बैठकले जेनजी आन्दोलनपछि...