वनभोजका लागि गइरहेको बस दुर्घटना,१३ जना घाइते



हाम्रो इकोनोमि

 

यात्रुसहितको बस दुर्घटनामा परेको छ । झापाको विर्तामोडमा आज बिहान यात्रु बस दुर्घटना भएको हो । यस दुर्घटनामा १३ जना यात्रु घाइते भएका छन् । पूर्व पश्चिम राजमार्ग अन्तर्गत विर्तामोड सडक खण्डको रेखा पुल छेउ नजिक दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जानकारी दिएको छ । झापाको दमकबाट वनभोजका लागि इलामको कन्यामतर्फ गइरहेको ना.६ ख ६१८१ नम्बरको बस दुर्घटनाग्रस्त भएको हो । दुर्घटनामा परेर घाइते भएकाहरुको विर्तामोडस्थित विएण्डसी अस्पतालमा उपचार भइरहेको छ ।

दुर्घटनामा परी घाइते हुनेहरुमा दमक–१० निवासी २७ वर्षीय सन्तोष खड्का, सोही ठाउँ निवासी १९ वर्षीय पवन खड्का, उर्लावारी–३ निवासी १७ वर्षीया स्मृति धिमाल, दमक १० निवासी १४ वर्षीय अभय धिमाल, मोरङ उर्लावारी ७ निवासी २२ वर्षीया माया घिमाल, दमक–१० निवासी १८ वर्षीया विविशा धिमाल, सोही ठाउँ निवासी १९ वर्षीया विनिता हमाल, २२ वर्षीय रोशन धिमाल, २८ वर्षीय नेत्र नेपाली, १८ वर्षीय आयुष नेपाली, १९ वर्षीय प्रदीप रिजाल र ४० वर्षीया नैनकला खड्का रहेका छन् । बसका सहचालक मोरङ पथरी–१ निवासी ३० वर्षीय विकास लिम्बू पनि घाइते भएका छन् । दुर्घटनाको कारण खुल्न सकेको छैन ।

प्रतिक्रिया दिनुहोस
नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...

ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा दीपचन्द्र रेग्मी

    ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मा दीपचन्द्र रेग्मी...

खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...