नेपालकी अनुपमा मगरले जितिन् स्वर्ण



हाम्रो इकोनोमि

 

नेपालकी अनुपमा मगरले १३ औँ दक्षिण एसियाली खेलकुद (साग)मा स्वर्ण जितेकी छिन् ।

सातदोबाटोस्थित कराते हलमा आज(बुधबार) भएको खेलमा अनुपमाले एसियन गेम्सकी कास्य पदक विजेतालाई हराउँदै स्वर्ण दिलाएकी हुन्

उनले करातेको ६८ केजी समुहमा स्वर्ण जितेकी हुन् । अनुपमाले पाकिस्तानकी नर्गिसलाई ६–३ अंकले पराजित गर्दै स्वर्ण जितिन् । सुरुमै पाकिस्तानी खेलाडीले अग्रता बनााए पनि अनुपमाले उत्कृष्ट पुनरागमन गर्दे खेल आफनो पक्षमा पारिन् । नर्गिस इन्डोनेसियामा गत वर्ष भएको एसियाली खेलकुदकी कास्य पदक विजेता हुन् ।

त्यसअघि अनुपमाले श्रीलंकाकी विजेकुन माथिमोहमदमाथि ७–४ को जितका साथ अन्तिम दुईको यात्रा तय गरेकी थिइन् ।

करातेमा नेपालको स्वर्ण पदक संख्या १० पुगेको छ । करातेमा नेपाल अहिले सम्म कुनै पनि इभेन्टमा पदक विहिन भएको छैन । करातेका अब ३ इभेन्ट बाँकी छन् ।

यस्तै ५० केजी तौल समूहमा अहमद नोमानसँग ४–३ अंकले पराजित हुँदै सोनाम लामाले कास्य पदकमा चित्त बुझाए । यो तौल समूहमा सोनामलाई पराजित गरेका अहमदले नै श्रीलंकाका खेलाडीलाई पराजित गर्दै स्वर्ण जिते ।

उसुमा पहिलो दिन दुई स्वर्ण जितेको नेपालले आज एक स्वर्ण थपेकाे छ । यसअघि नेपालका दीपक हमालले स्वर्ण जितेका छन् । उनले उसु थाउलोअन्तर्गत नान छ्वान अलराउन्डमा स्वर्ण जितेका हुन् ।

प्रतिक्रिया दिनुहोस
नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...

ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा दीपचन्द्र रेग्मी

    ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मा दीपचन्द्र रेग्मी...

खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...