महिला भलिबल नेपाल विजयी



हाम्रो इकोनोमि

 

१३औं सागमा महिला भलिबलको स्वर्णका लागि अहिले नेपाल र भारत भिडिरहेका छन् । र, नेपाल २–१ ले अगाडि छ । त्रिपुरेश्परस्थित कभर्ड हलमा भएको खेलको पहिलो सेट नेपालले गुमाएको थियो । भारत २५–१७ ले विजयी भएको थियो । तर त्यसपछि नेपालले उत्कृष्ट पुनरागमन गर्‍यो ।

दोस्रो सेट २५–२४ ले जितेको नेपालले तेस्रो सेट २५–२१ ले जित्न सफल भयो ।

अब स्वर्णका लागि नेपाललाई एक सेटमा जित चाहिएको छ ।

खेलमा नेपाली टिमलाई दर्शकको पनि उल्लेख्य साथ छ । जब खेलाडीहरु स्पाइक हान्न जम्प गर्थे तब दर्शक ताली, हुटिङ र बाजा बजाएर समर्थन गर्छन् ।

खेलाडीलाई दर्शकमात्र नभएर भीआईपीतर्फ बसेका उपराष्ट्रपति नन्दबहादुर पुन, युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्मा, राखेप सदस्यसचिव रमेश कुमार सिलवाल, भलिबल संघका अध्यक्ष मनोरन्जन रमन शर्मा लगायतले चियर अप गरे।

पहिलो पटक सागमा महिला भलिबलमा स्वर्ण जित्ने लक्ष्य बनाएको नेपालले भारतलाई हराउन सके ऐतिहासिक स्वर्ण जित्नेछ।

प्रतिक्रिया दिनुहोस
सौराहामा १४औँ अन्तर्राष्ट्रिय हात्ती महोत्सव

    चितवनको सौराहामा १४औँ अन्तर्राष्ट्रिय हात्ती महोत्सव मनाइएको छ । महतोत्सवको अवसरमा...

प्रधानमन्त्री ओली र फुटबलर रोबर्टो कार्लोसबीच भेट

    प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल भ्रमणमा रहेका विश्वचर्चित ब्राजिलियन फुटबलर...

मिस एण्ड मि. आइडल सिजन २ को घोषणा

    स्पार्कल इन्टरटेन्मेन्टको आयोजना तथा सिइयो नितु कुमारी श्रेष्ठको नेतृत्वमा “मिस एण्ड...

बुढानीलकण्ठ नगरपालिकाले सयौ युवाहरुलाई रोजगार दिने

    बुढानीलकण्ठ नगरपालिकाले सयौ युवाहरुलाई रोजगार दिने तयारी गरेको छ । बुढानिलकण्ठ...