श्रीलंकालाई नेपालले दियो १७३ रनको लक्ष्य



हाम्रो इकोनोमि

 

१३ औं दक्षिण एसियाली खेलकुद (साग) को क्रिकेटमा नेपालले श्रीलंकालाई १७३ रनको लक्ष्य दिएको छ । टी–२० म्याचमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ५ बिकेट गुमाउँदै १७२ रन बनाएको छ ।

नेपालका स्टार ब्याट्सम्यान पारस खड्का र कप्तान ज्ञानेन्द्र मल्ल आउट भएपछि दवावमा परेको नेपाली टीमलाई दिपेन्द्र सिंह ऐरीले समालेका थिए । उनी एक्लैले ७२ रनको विस्फोटक पारी खेले । ४४ बलको सामना गरेका ऐरीले ४ चौका र ३ छक्का प्रहार गर्दै नेपाललाई सम्मानजनक स्थानमा पुरयाएका छन् ।

पारस खड्का १ रनमा आउट हुँदा कप्तान ज्ञानेन्द्र मल्ल २१ रनमा आउट भएका थिए । पवन सरार्फले पनि २१ रनको योगदान दिएका छन् । श्रीलंकाका पीएचकेडी मेन्डिसले २ विकेट लिएका छन् भने अन्य तीन खेलाडीले एक, एक विकेट लिएका छन् ।

प्रतिक्रिया दिनुहोस
नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...

ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा दीपचन्द्र रेग्मी

    ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मा दीपचन्द्र रेग्मी...

खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...