माल्दिभ्समाथि १० विकेटको शानदार जित



हाम्रो इकोनोमि

 

अन्जली चन्दको कीर्तिमानी बलिङसँगै नेपालले १३औं दक्षिण एसियाली खेदकुद (साग)मा माल्दिभ्समाथि १० विकेटको शानदार जित हात पारेको छ । पोखरामा टस जितेर व्याटिङ थालेको माल्दिभ्सले १०.१ ओभरमा सबै विकेट गुमाएर मात्र १६ रन बनायो । जसलाई नेपालले पहिलो ओभरमै पुरा गर्‍यो । काजल श्रेष्ठले तीन चौकाको मद्दतमा १३ रन बनाइन् भने ४ अतिरिक्त रन रहृयो ।

अञ्जलीको कीर्तिमानी बलिङ

नेपालको शानदार जितमा बलर अञ्जली चन्दको कीर्तिमानी बलिङ रहृयो । खेलको छैटौं ओभरमा बलिङमा आएकी उनले एक रन पनि नदिई तीन विकेट लिइन् ।

नवौं ओभरमा पनि दुई विकेट लिइन् । ११ औं ओभरको पहिलो बलमै विकेट लिँदै उनले हृयाट्रिक पूरा गरिन् । जम्मा २.१ ओभर बलिङ गरेकी उनले एक रन पनि दिइनन् र ६ विकेट लिइन् ।

प्रतिक्रिया दिनुहोस
नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...

ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा दीपचन्द्र रेग्मी

    ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मा दीपचन्द्र रेग्मी...

खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...