किन सल्किन्छन् विवाहित पुरुष पराई स्त्रीसंग ? यस्तो छ कारण



हाम्रो इकोनोमि

 

विवाह पश्चात पुरुष होस् या महिला तेस्रो व्यक्तिसँग सम्बन्ध गाँस्न पुगेका खबरहरु हाम्रो समाजमा निकै नै आइरहेका हुन्छन्। विवाहित पुरुष वा महिलाले शरीरिक वा मानसिक रुपमा परपुरुष वा परस्त्रीसँग सम्बन्ध गाँस्नु कदापि राम्रो होइन। तर पनि यो सबै थाहा भएर पनि किन आफ्नो वैवाहिक सम्बन्धलाई धरापमा पुर्‍याउँछन् त मान्छेहरू ?

पुरुषले परस्त्रीसँग सम्बन्ध राख्नुका केही कारणहरुबारे तल चर्चा गरिएको छ :
रोमान्सका लागि :- वैवाहिक जीवनमा पुरुषहरु चाँडै नै कुनै न कुनै चिजबाट बोर हुन्छन्। जसले गर्दा दाम्पत्य सम्बन्ध बाहेक जिन्दगीमा नयाँ रोमाञ्चकताको लागि परस्त्रीसँग सम्बन्ध गाँस्न पुग्छन्। तर बिर्सिन्छन् कि यसबाट उनीहरुको जीवनमा ठूलो आँधिबेरी आउनेछ।

बोरिङ सम्बन्ध :- विवाहपछि घर-परिवार र बच्चाहरुको जिम्मेवारीका बीच दम्पतीहरू एक-अर्कासँग प्रशस्त समय बिताउँन पाउँदैनन्। यसबाट सम्वन्धमा खल्लोपना र गह्रुङ्गोपना सुरु हुन्छ। यस्तो अवस्थामा कैयौं पुरुषहरु परस्त्री प्रति आकर्षित हुन्छन्।

साथीहरुलाई रवाफ देखाउन :-  विवाहित पुरुषहरु साथीसंगतीको उक्साहटमा पनि परस्त्रीसँग सम्बन्ध राख्न पुगी रहेका हुन्छन्। पत्नीप्रति बफादार पुरुषलाई साथीहरुले ‘जोइटिंग्रे’ भनेर गिज्याउँने पनि गर्छन्। त्यसबाट पनि उनीहरुलाई अफेयर राख्ने हौसला प्राप्त हुन्छ।

प्रतिक्रिया दिनुहोस
नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...

ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा दीपचन्द्र रेग्मी

    ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मा दीपचन्द्र रेग्मी...

खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...