काठमाडौंको रानीपोखरी लामो समयपछि पुनर्निर्माण



हाम्रो इकोनोमि

 

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले ऐतिहासिक रानीपोखरीको पुनर्निर्माणलाई तीव्रता दिएको छ ।

२०७२ सालमा गएको भूकम्पले क्षतिग्रस्त बनेको रानीपोखरीको पुनर्निर्माण वैशाखमा सक्ने प्राधिकरणको लक्ष्य छ ।

रानीपोखरी र बालगोपालेश्वर मन्दिर पुनर्निर्माण तीन वर्षसम्म अघि नबढेपछि प्राधिकरणले जिम्मा लिएको हो ।

अहिले पोखरीमा कालोमाटो लगाउने, पर्खाल निर्माण गर्ने र बीच भागमा रहेको बालगोपालेश्वर मन्दिर पुनर्निर्माण भइरहेको छ । पुसको अन्तिम साता सम्ममा पर्खाल लगाउने र पोखरीमा कालो माटो राख्ने काम सकिने प्राधिकरणका सम्पदा विज्ञ राजुमान मानन्धरले बताए ।

यस्तै बालगोपालश्वर मन्दिरको पुनर्निर्माणको काम २० प्रतिशत सकिएको छ । हाल मन्दिरमा काठको काम भइरहेको छ । पर्खालको काम ८५ प्रतिशत सकिएको छ भने पोखरीको काम ४० प्रतिशत सकिएको बताए ।

प्रतिक्रिया दिनुहोस
नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...

ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा दीपचन्द्र रेग्मी

    ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मा दीपचन्द्र रेग्मी...

खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...