पत्रकारद्धय अजयबाबु सिवाकोटी र जीवन भण्डारी पुरस्कृत



हाम्रो इकोनोमि

 

नेपाल प्रेस युनियनका महासचिव अजयबाबु सिवाकोटी र युनिमीका महासचिव जीवन भण्डारीलाई सम्मान तथा पुरस्कृत गरिएको छ । डेमोक्र्याटिक लयर्स एशोसिएशन डिएलएले आफ्नो बार्षीक साधारणसभाको अवसरमा पत्रकारद्धय सिवाकोटी र भण्डारीलाई सम्मानित तथा पुरस्कृत गरेको हो । हाम्रा कुरा डटकमका सम्पादक सिवाकोटी र राष्ट्रिय समाचार समिती (रासस) का उप–सम्पादक भण्डारीलाई कानुन र न्यायको क्षेत्रमा पत्रकारिता मार्फत महत्वपुर्ण योगदान पुर्याएकाले सम्मानित तथा पुरस्कृत गरिएको डिएलएकी महासचिव लक्ष्मी दाहाल रावलले जानकारी दिनुभयो ।

 

पोखरामा आज आयोजित डिएलएको बार्षिक साधारणसभामा नेपाली काँग्रेसका सभापती शेर बहादुर देउवाले पत्रकार सिवाकोटीलाई कानुन पत्रकारीता सम्मान तथा भण्डारीलाई क्रियासिल युवा न्यायिक पत्रकारिता पुरस्कार प्रदान गर्नु भएको हो । साधारणसभाामा देशभरबाट डिएलएका प्रतिनिधीहरु सहभागी थिए । साधारणसभाले पोखरा धोषणा पत्र समेत जारी गरेको डिएलएका उपाध्यक्ष राजु कटुवालले जानकारी दिनुभयो । प्रजातन्त्रवादी कानुन व्यवसायीहरुको संगठन डिएलएको स्थापना वि.स २०४७ सालमा वरिष्ठ कानुनविद् स्व. लक्ष्मण प्रसाद अर्यालको नेतृत्वमा भएको थियो ।

प्रतिक्रिया दिनुहोस
रुकुमपश्चिममा जीप दुर्घटना, २ को मृत्यु, ९ जना घाइते

  रुकुमपश्चिममा जीप दुर्घटना हुँदा चालकसहित दुई जनाको मृत्यु भएको छ । आइतबार...

भरतपुरमा गुडिरहेको कारमा लाग्यो आगो, एक जनाको मृत्यु

     चितवनको भरतपुर महानगरपालिका–९ स्थित बसन्तचोक नजिकै एक कारमा आगलागी हुँदा एक...

एमालेको पुनर्गठन कार्यदल बैठकमा दुई प्रतिवेदन पेश हुृने

    शुक्रबार नेकपा एमालेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको बैठकमा दुई...

सरकारले संविधानको मर्ममाथि प्रहार गरिरहेको छ : अमरेशकुमार सिंह

    रास्वपाका सांसद अमरेशकुमार सिंहले आफ्नै दलका नेता बालेन शाह नेतृत्वको सरकारले...