मूल्य वृद्धि थेगिनसक्नु, एक वर्षमै दोब्बरले बढ्यो, जनता परे मारमा



हाम्रो इकोनोमि

 

चालु आर्थिक वर्षको पहिलो त्रैमासमा काठमाडौं उपत्यकाको मूल्य वृद्धि ८ प्रतिशत नाघेको छ । अघिल्लो आर्थिक वर्ष ०७५/७६ को पहिलो त्रैमासमा ४ प्रतिशत रहेको मूल्य वृद्धि बढेर एक वर्षमै ८ प्रतिशत नाघेको हो ।

नेपाल राष्ट्र बैंकका अनुसार, असोज मसान्तसम्मको उपभोक्ता मुद्रास्फिति काठमाडौंमा ८.१४ प्रतिशत पुगेको छ । कात्तिकसम्म काठमाडौं उपत्यकामा ८.१४ प्रतिशत, तराईमा ५.७५ प्रतिशत, पहाडमा ४.८९ प्रतिशत र हिमालमा ५.११ प्रतिशत मुद्रास्फिति रहेको राष्ट्र बैंकले बताएको छ ।

एक वर्षअघि अर्थात् ०७५ असोज महिनामा उपभोक्ता मुद्रास्फिति काठमाडौं उपत्यकामा ४.० प्रतिशत, तराईमा ४.३ प्रतिशत, पहाडमा ६.१ प्रतिशत र हिमालमा ४.२ प्रतिशत रहेको थियो ।

औसतमा समेत उपभोक्ता मुद्रास्फिति ६.२१ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फिति ४.६८ प्रतिशत रहेको थियो । समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फिति ७.०४ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फिति ५.५५ प्रतिशत रहेको छ ।

यस अवधिमा खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत मुख्यतः तरकारी, मासु तथा माछा, फलफूल र मसला उपसमूहको मूल्य वृद्धि उच्च रहेको राष्ट्र बैंकले बताएको छ ।
गैरखाद्य तथा सेवा समूहअन्तर्गत मुख्यतः घरायसी उपयोगिताका वस्तु तथा सेवा, कपडा तथा जुत्ता र शिक्षा उपसमूहको मूल्य बढेको राष्ट्र बैंकले बताएको छ ।

काठमाडौं उपत्यकाको मूल्य वृद्धि निरन्तर बढ्नुको एउटा प्रमुख कारण फितलो अनुगमन भएको अर्थविद् डा. चन्द्रमणि अधिकारी बताउँछन् । काठमाडौंमा वस्तुहरु उत्पादन नहुनु र बाहिरबाट ल्याएर बिक्री हुने गरेका सामाग्रीहरूको पनि अनुगमन नहुँदा काठमाडौंको मूल्य वृद्धि निरन्तर बढीरहेको अर्थविद् अधिकारीको बुझाइ छ ।

‘काठमाडौं उपत्यकाकोमात्रै पछिल्लो समय ८ प्रतिशत प्लस हुन थालेको छ, ट्रान्सपोर्टेशन कष्ट धेरै लाग्ने भएकाले हिमाल र पहाडको धेरै बढ्नु पर्ने हो तर उल्टो भयो’ उनले भने, ‘पहाड र हिमालमा केही आन्तरिक उत्पादनले यस्तो भएको हुनुपर्छ, काठमाडौंमा त केही उत्पादन नै हुन छाड्यो ।’

बजार अनुगमनलाई सरकारले विशेष ध्यान नदिए मूल्य वृद्धि भयावह हुनसक्ने उनले बताए । मूल्य वृद्धिलाई नियन्त्रणमा राख्न सरकारी तबरबाट व्यापक अनुगमन आजको आवश्यकता भएको अर्थविद् अधिकारीले बताए ।

प्रतिक्रिया दिनुहोस
रास्वपाले टुंग्यायो समानुपातिक सांसदको नाम

    राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकतर्फका ५७ जना सांसदको नाम टुंगो लगाएको छ...

मध्यपूर्वका १४ देश छाड्न अमेरिकाद्वारा आफ्ना नागरिकलाई निर्देशन

     इरानले मध्यपूर्वमा रहेका अमेरिकी अखडाहरूमा आक्रमण गरेपछि अमेरिकाले आफ्ना नागरिकहरूलाई उक्त...

चैत महिनाका लागि बैंकहरुको नयाँ ब्याजदर सार्वजनिक

    चैत महिनाका लागि वाणिज्य बैंकहरुले नयाँ ब्याजदर सार्वजनिक गरेका छन् ।...

पार्टीपंक्तिबाटै फेक आइडी बनाएर चरित्र हत्या : योगेश भट्टरा

    नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले पार्टीको माथिल्लो तहबाटै आफू र पार्टीका...