नक्कली डाक्टरले लुटे सुनचाँदी र ३ लाख रुपैयाँ



हाम्रो इकोनोमि

 

 

नक्कली डाक्टर बनेर घरभित्र घुुसेका व्यक्तिले ३ लाख नगद र सुन–चाँदीका गरगहना चोरेका छन् । घटनामा संलग्न डा. आलोक भन्ने जितेन्द्र मण्डललाई प्रहरीले पक्राउ गरेको छ । महोत्तरी जिल्लाको जलेश्वर–२ मा घर भएका मण्डलले पिडितलाई फेसबुकमा साथी बनाएर आफूलाई डाक्टरको रुपमा चिनाएका थिए । सुगरको उपचार गर्ने भन्दै उनी पिडितको घरमा गएका थिए । परिवारका सदस्यलाई औषधि खुवाएर बेहोस बनाएपछि उनले सिक्री, औंठी, मंगलसूत्र, टप, झुम्का लगायत सुनका गहनाका साथै ३ लाख नगद चोरी गरेको काठमाडौं उपत्यका अपराध अनुसन्धानले जनाएको छ । प्रहरीले मण्डलबाट एप्पल कम्पनीको मोबाइल, भिभो कम्पनीको मोबाइल, सामसङ कम्पनीका मोबाइल र नगद ५९ हजार ३६० रुपैयाँ बरामद गरेको छ । घटनास्थलको सीसीटीभी फुटेजका आधारमा अनुसन्धान गर्दा अभियुक्त फेला परेका हुन् । उनलाई नुवाकोटको पञ्चकन्या गाउँपालिका–४ आरुखर्कबाट प्रहरीले पक्राउ गरेको हो । उनलाई चोरी सम्वन्धी कसुरमा आवश्यक अनुसन्धान एवं कारवाहीका लागि प्रहरी वृत्त सातदोबाटो पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस
पत्रकार टेकराज थामीलाई मरणोपरान्त पत्रकारिता पुरस्कार प्रदान

    क्रियासिल पत्रकार मञ्च भक्तपुरले बिभिन्न व्यक्तिहरुलाई पत्रकारिता पुरस्कार एवं सम्मान प्रदान...

बुढीगण्डकी बाढीले ६ वटा पुल बगायो, १० जना सम्पर्कविहीन

    बूढीगण्डकी बाढीले ६ वटा पुल बगाएको छ भने कम्तीमा १० जना...

बूढीगण्डकी बाढीले आरुघाट-धादिङ जोड्ने पुलपनि बगायो

    बूढीगण्डकी नदीमा आएको भीषण बाढीले आरुघाट र धादिङ जोड्ने मोटरेबल पुल...

बूढीगण्डकी बाढीले दुई झोलुङ्‍गे र एउटा फलामको पुल बगायो

    गोरखा बूढीगण्डकीमा आइतबार बिहान आएको आकस्मिक बाढीले दुई वटा झोलुङ्गे पुल...