उपनिर्वाचनका ३७ सीटको मतगणना सम्पन्न, कुन पार्टीले कति जिते



हाम्रो इकोनोमि

 

 

स्थानीय तहका विभिन्न ४२ रिक्त पदका लागि भएको उपनिर्वाचनमा भएको मतगणना अन्तिम चरणमा पुगेको छ । अहिलेसम्म ३७ पदको परिणाम आइसकेको छ । राजनीतिक दलमध्ये नेपाली कांग्रेसले सबैभन्दा बढी १६ वटा वडाध्यक्ष जितेर अग्रता बनाएको छ । कांग्रेसले जितेका १९ वडाध्यक्ष रिक्त भएका थिए । त्यस्तै कांग्रेसले २ गाउँपालिका अध्यक्ष,एक उपाध्यक्ष र एक उपमेयर भने गुमाएको छ । त्यस्तै एमालेले एक अध्यक्ष र एक उपाध्यक्ष थपेर ५ वडाध्यक्ष जित्दा माओवादीले पनि एक अध्यक्ष र एक उपमेयरसहित ६ वडाध्यक्ष जितेको छ । माओवादीले जितेका ७ वडाध्यक्ष रिक्त भएका थिए भने एमालेले जितेका ६ वडाध्यक्ष रिक्त भएका थिए । यीबाहेक जसपा नेपालले २ वडाध्यक्ष जितेको छ भने नेकपा एस,रास्वपा र नेपाल मजदूर किसान पार्टीले एक एक वडाध्यक्ष जितेका छन् । एक वडाध्यक्ष स्वतन्त्रले जितेका छन् । किर्तिपुर नगरपालिकाको मेयर,गौरीशंकर गाउँपालिका उपाध्यक्ष,बेलका नगरपालिका वडाध्यक्षको मतपरिणाम आउन बाँकी छ ।

कांग्रेसले जितेका वडा

वडाध्यक्ष १६

लालिगुरास ८ तेह्रथुमः नगेन्द्र लिम्बु कांग्रेस

गढी ६ सुनसरी, तेतर साहु (यसअघि एमाले जितेको)

ईशनाथ नपा ७, शेख अब्दुल खलिक (यसअघि एमाले जितेको)

राजपुर ६ रौतहट, समसे आलम

कीर्तिपुर १ काठमाडौं,इच्छा महर्जन

कीर्तिपुर ४ काठमाडौं, राजेन्द्र बानियाँ (यसअघि स्वतन्त्र जितेको)

हटौंडा १२ मकवानपुर, अर्जुन प्रसाद तिवारी (यसअघि माओवादी जितेको)

मुसिकोट १ गुल्मी ,आनन्द श्रेष्ठ

रुन्टीगढी ४ रोल्पा, भुपमणी पुन मगर

ठाकुराबाबा ४ बर्दिया,अमिन थारु

सानीभेरी ५ रुकुम पश्चिम,मोतिराम खत्री (यसअघि माओवादी जितेको

कुशे ७ जाजरकोट खम्बवहादुर सिंह (यसअघि माओवादी जितेको)

सुर्मा ४ बझाङ, धिरेन्द्र पुजारा (यसअघि एमाले जितेको)

पुर्वी चौकी ६ डोटी,मोहन थापा

दुहुँ ५ दार्चुला,धनसिंह कुँवर (यसअघि माओवादी जितेको)

भीमदत्त ६ कन्चनपुर,प्रकाश चन्द

एमालेले जितेका स्थान

अध्यक्ष १

महाबु गाउँपालिका दैलेख,जंगवहादुर शाही (यसअघि कांग्रेस जितेको)

उपाध्यक्षः१

स्वामीकार्तिक खापर बाजुरा,सुलोचना बुढा (यसअघि कांग्रेस जितेको)

वडाध्यक्ष ५

सिरीजङ्घा ३ ताप्लेजुङ,कुमारी सावादेन (यसअघि कांग्रेस जितेको)

मोलुङ ५ ओखलढुंगा, गंगाबहादुर तामाङ (यसअघि कांग्रेस जितेको )

रामगोपालपुर २ महोत्तरी, सकिबुल खाँ (यसअघि माओवादी जितेको)

शुद्धोदन १ कपिलवस्तु, मोहमद ताहिर (यसअघि कांग्रेस जितेको)

दुल्लु १३ दैलेख, लालवहादुर शाही

माओवादी केन्द्रले जितेका स्थान

अध्यक्ष १

ग्रामथान मोरङ, नमोनारायण माझी (यसअघि कांग्रेस जितेको)

उपमेयर १

नलगाढ जजारकोट, देवका लामिछाने (यसअघि कांग्रेस जितेको)

वडाध्यक्ष ६

त्रियुगा १२ उदयपुर, नविन राई (यसअघि कांग्रेस जितेको)

धनुषाधाम १,धनुष सुनिल कुमार केवट (यसअघि कांग्रेस जितेको)

ककनी २ नुवाकोट, कृष्ण घिमिरे (यसअघि कांग्रेस जितेको)

गोरखा ५ गोरखा बिष्णुवहादुर मगर (यसअघि एमाले जितेको)

त्रिपुरासुन्दरी ५ डोल्पा नरवहादुर झाक्री (यसअघि एमाले जितेको)

पुथा उत्तरगंगा २ रुकुमपूर्व जगत घर्ती

जसपा नेपालले जितेका वडा

वडाध्यक्ष २

डाक्नेश्वरी १ सप्तरी, धरेन्द्रकुमार साह

डाक्नेश्वरी ४ सप्तरी,देवेन्द्र प्रसाद यादव,जसपा नेपाल

नेकपा एस

वडाध्यक्ष १

गढीमाइ नपा रौतहट,बजरंगी प्रसाद यादव

राष्ट्रिय स्वतन्त्र पार्टी १

काठमाडौं १६: रोजिना श्रेष्ठ (यसअघि कांग्रेस जितेको)

नेमकिपा १

वडाध्यक्ष

तिलगुफा ४ कालिकोट,खड्गराज शाही (यसअघि माओवादी जितेको

स्वतन्त्रः

कन्काइ ६ झापा, लक्ष्मीप्रसाद ओली,स्वतन्त्र (यसअघि एमालेले जितेको)

प्रतिक्रिया दिनुहोस
प्ले कार्ड र पर्चासहितको विरोधको शैली संसद्‍मा नदेखाउनू : सभामुख

    सभामुख डोलप्रसाद अर्याल (डिपी)ले प्ले कार्ड र पर्चासहितको विरोधको शैली संसद्‍मा...

छातीमा प्लेकार्ड राखेर श्रम संस्कृति पार्टीका सांसदको विरोध

     श्रम संस्कृति पार्टीले प्रतिनिधिसभामा प्ले कार्डसहित प्रधानमन्त्री बालेन शाहको विरोध गरेको...

नबिल नि:शुल्क जलन शिविरमा ८५ ले पाए उपचार

     दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सञ्चालन भएको नबिल नि:शुल्क जलन...

मदन-आश्रित स्मृति दिवसमा पूर्वराष्ट्रपति भण्डारीसहित को-को नेता पुगे ?

    ३३औँ मदन-आश्रित स्मृति दिवसको अवसरमा नेकपा एमालेले स्मृति सभा कार्यक्रम आयोजना...