एनपीएल विजेता जनकपुर बोल्ट्सका खेलाडीलाई नगर परिक्रमा



हाम्रो इकोनोमि

 

 

नेपाल प्रिमियर लिग (एनपीएल) फर्स्ट सिजनका च्याम्पियन जनकपुर बोल्ट्सका खेलाडीहरूलाई आज जनकपुरमा भव्‍यताका साथ नगरपरिक्रमा गराइएको छ । जितको खुसीमा शुक्रबार जनकपुरका नागरिक समाज, खेलप्रेमीहरुले एनपीएलको ट्रफी र खेलाडीलाई गाडीमा राखेर नगरपरिक्रमा गराउन विजयी यात्रा निकालेका हुन् । विजय यात्रा रामजानकी अन्तर्राष्ट्रिय रंगशालाबाट सुरू भएर थापा चोक हुँदै पिडारीचोक, रामानन्दचौक, बजरंगचोक, भ्रमरपुराचोक, जिरोमाइल,विश्वकर्माचोक,मुरलीचोक, रामचोक हुँदै जानकी मन्दिरपरिसरमा समापन गरिएको छ । जानकी मन्दिरमा परिसरमा जनकपुरधाम उपमहानगरपालिकाले एनपीएल विजेता जनकपुर बोल्ट्सका खेलाडीहरूलाई अभिनन्दन कार्यक्रम आयोजना गरेको छ । यसअघि मुख्यमन्त्री सतिश कुमार सिंहले रंगशाला मैदानमै पुगेर खेलाडीहरुलाई सम्मान गरेका छन् । पुस ६ गते शनिबार त्रिवि क्रिकेट मैदानमा सुदूरपश्चिम रोयल्सलाई ५ विकेटले हराउँदै जनकपुर बोल्ट्स च्यापियन्स बन्न सफल भएको थियो ।

प्रतिक्रिया दिनुहोस
पत्रकार टेकराज थामीलाई मरणोपरान्त पत्रकारिता पुरस्कार प्रदान

    क्रियासिल पत्रकार मञ्च भक्तपुरले बिभिन्न व्यक्तिहरुलाई पत्रकारिता पुरस्कार एवं सम्मान प्रदान...

बुढीगण्डकी बाढीले ६ वटा पुल बगायो, १० जना सम्पर्कविहीन

    बूढीगण्डकी बाढीले ६ वटा पुल बगाएको छ भने कम्तीमा १० जना...

बूढीगण्डकी बाढीले आरुघाट-धादिङ जोड्ने पुलपनि बगायो

    बूढीगण्डकी नदीमा आएको भीषण बाढीले आरुघाट र धादिङ जोड्ने मोटरेबल पुल...

बूढीगण्डकी बाढीले दुई झोलुङ्‍गे र एउटा फलामको पुल बगायो

    गोरखा बूढीगण्डकीमा आइतबार बिहान आएको आकस्मिक बाढीले दुई वटा झोलुङ्गे पुल...