वीरगन्जमा कांग्रेस नेता र सांसदबीच सडकमै कुटाकुट



हाम्रो इकोनोमि

 

नेपाली कांग्रेसका दुई नेताबीच वीरगन्जको सार्वजनिक स्थलमा कुटाकुट भएपछि घाइतेलाई स्थानीयले उद्दार गरेर पठाएका छन् ।

प्रदेशसभा सदस्य समेत रहेका कांग्रेस नेता ओमप्रकाश शर्मा र वीरगन्ज नगर सभापति भोला कलवारबीच सडकमै कुटाकुट भएको हो । बुधवार विहान पौन आठ बजेतिर आदर्शनगरस्थित बब्लु टि स्टलको अगाडि सडकको वारीपारी रहेका शर्मा र कलवार एक अर्कालाई गालिगलौज गर्दै आएका थिए । चिया पसल अगाडि झगडा गर्दा गर्दै कुटाकुटमा उत्रिएका नेताहरुलाई चिया पिउन भेला भएकाहरुले छुट्याउने प्रयास गरेका थिए ।

शर्माले आफूलाई गाली दिएपछि सहन नसकेर कुट्नु परेको कांग्रेस नगरसभापति भोला कलवारले बताए । दुवै नेताबीच कटाकुट भएको उनले स्वीकार गरे । प्रदेशसभा सदस्य तथा उद्योग वाणिज्य संघ वीरगन्जका पूर्व अध्यक्ष शर्माले भने पत्रकारहरुलाई निवासमै बोलाएका छन् । कांग्रेसभित्रको समिकरणमा दुवैजना शेरवहादुर देउवा गुटका हुन् । उनीहरुबीचको कुटाकुटको कारणबारे नेताहरुले अनविज्ञता प्रकट गरेका छन् । कुटपिटका क्रममा नाकबाट रगत बगेको प्रत्यक्षदर्शीले बताएका छन् । चोक भोला कलवारले वीरगन्ज नगर सभापति,ओमप्रकाश शर्मा प्रदेश सदस्य उद्योग ववाणिज्य संघ । अरुले पनि भने बब्लु टी स्टलको वारी पारि थिएरृ,अ ाएर झगडा गरेका पछि फेरि आएर हात । भोला कलवारले गाली दिएपछि झगडा भएको । ओमप्रकाशले घर मान्छेले छुट्याए

प्रतिक्रिया दिनुहोस
भरतपुरमा गुडिरहेको कारमा लाग्यो आगो, एक जनाको मृत्यु

     चितवनको भरतपुर महानगरपालिका–९ स्थित बसन्तचोक नजिकै एक कारमा आगलागी हुँदा एक...

एमालेको पुनर्गठन कार्यदल बैठकमा दुई प्रतिवेदन पेश हुृने

    शुक्रबार नेकपा एमालेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको बैठकमा दुई...

सरकारले संविधानको मर्ममाथि प्रहार गरिरहेको छ : अमरेशकुमार सिंह

    रास्वपाका सांसद अमरेशकुमार सिंहले आफ्नै दलका नेता बालेन शाह नेतृत्वको सरकारले...

संसद् पुनर्स्थापना एमालेको एजेन्डा : महेश बस्नेत

    नेकपा एमालेका सचिव महेश बस्नेतले आगामी केन्द्रीय समितिको बैठकले जेनजी आन्दोलनपछि...