४ दिनदेखि सम्पर्कबिहिन छोरी खोजी दिन परिवारको आग्रह



हाम्रो इकोनोमि

 

गुल्मीमा एक युवती चार दिनदेखि सम्पर्कबिहिन भएकी छन् । जिल्लाको इस्मा गाँउपालिका वडा नम्बर ५ रजस्थल जाबुनडाँडा बस्ने १७ बर्षीया पुजा अर्याल सम्पर्कबिहिन भएकी हुन् ।

मंसिर १ गते आइतबार बिहान घरबाट तम्घास जान भन्दै हिँडेकी अर्याल सोही दिन साँझबाट नै सम्पर्कबिहिन भएकी हुन् । छोरी हराएपछि बुबा नारायणले २ गते सोमबार इस्मा प्रहरी चौकी, रजस्थलमा उजुरी समेत दिएका छन् । तर अहिलेसम्म कतैबाट पनि फेला परेको जानकारी छैन ।

पुजाले इस्मा गाँउपालिका ४ दोहोलीस्थित रामराज्य माविमा कक्षा १२ पढ्दै आएकी थिइन् । छोरी सम्पर्कविहिन भएपछि परिवारले खोजि गरि सहयोग गरिदिन सबैमा आग्रह गरेको छ । पुजालाई कसैले भेटाएमा नजिकैको प्रहरी चौकी अथवा ९८५७०४९३३३, ९८६९५०२६४६,९८६७४९२६३० मा सम्पर्क गरिदिन परिवारले आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस
नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...

ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा दीपचन्द्र रेग्मी

    ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मा दीपचन्द्र रेग्मी...

खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...