बिल गेट्स फेरि बने संसारकै धनी व्यक्ति



हाम्रो इकोनोमि

 

माइक्रोसफ्ट कम्पनीका संस्थापक बिल गेट्स दुई वर्षपछि फेरी संसारकै सबैभन्दा धनी व्याक्ति बनेका छन्।

६४ वर्षका गेट्सको सम्पती १ सय १० अर्ब अमेरिकी डलर अर्थात् १ सय २५ खर्ब ४० अर्ब छ।

ब्लुमवर्ग पत्रिकाले प्रकाशन गरेको सर्वेक्षणअनुसार सन् २०१७ पछि गेट्स सबै भन्दा धनी व्याक्ति बनेको हुन् ।

सन् २०१७ मा गेट्सलाई उछिन्दै अमेजनका मालिक जेफ बेजोस सबैभन्दा धनी बनेका थिए। तर, अहिले भने उनी दोस्रो नम्बरमा परेका छन्। उनीसँग १ सय ९ अर्ब अमेरिकी डलर वा १ सय २४ खर्ब २६ अर्ब रुपैयाँ सम्पति रहेको ब्लुम्बर्गले जनाएको छ।

यस्तै, धनीको तेस्रो नम्बरमा फ्रान्सको एलबीउमएच कम्पनीका मालिक बर्नार्ड अरनाल्ट परेका छन्। उनको सम्पती १ सय ३ अर्ब अमेरिकी डलर छ। ८६ अर्बसहित चौथो स्थानमा वारेन वफे छन् भने फेसबुकका सिइओ मार्क जुकरबर्ग ७५.५ अर्ब डलर सहित पाँचौ स्थानमा पुगेका छन्।

माइक्रोसफ्टको शेयर पछिल्लो समय बढेकाले गेट्सलाई फाइदा पुगेको हो।

अमेरिकी रक्षा विभागले गत अक्टोबर २५ मा १० अर्ब डलरको क्लाउड कम्प्यूटिङ कन्ट्याक दिने घोषणा गरेको थियो। त्यसपछि माइक्रोसफ्टको शेयर ४ प्रतिशतले बढिसकेको छ।

सोही समयमा अमेजनको शेयर भने २ प्रतिशतले घटेको छ। यो वर्षमात्रै माइक्रोसफ्टको शेयर ४८ प्रतिशतले बढेको बताइएको छ।

बेजोस दोस्रो नम्बरमा हुनुको कारण श्रीमतिसँगको सम्बन्ध विच्छेद पनि हो। गत अप्रिलमा उनीहरुको सम्बन्धविच्छेद भएको थियो।

त्यतिबेला उनले आफ्नो सम्पतीको २५ प्रतिशत श्रीमतिलाई दिनुपरेको थियो। यसबाट उनले ३५ अर्ब डलर गुमाए। यदी उनले पैसा नगुमाएको भए १ सय ४४ अर्ब डलर हुने थियो।

उता बिल गेट्सले भने सन् १९९४ देखि बिल एन्ड मिडिला गेट्स फाउन्डेशन मार्फत दान गर्दै आएका छन्।

अहिलेसम्म उनीहरुले ३५ अर्ब डलर भन्दा बढी दान गरिसकेका छन्। यदी दान

दिएको रकम जोड्ने हो भने उनको सम्पती १ सय ४५ अर्ब अमेरिकी डलर थियो।

 

प्रतिक्रिया दिनुहोस
नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...

ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा दीपचन्द्र रेग्मी

    ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मा दीपचन्द्र रेग्मी...

खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...