पूर्वराजा ज्ञानेन्द्र नाइट क्लबमा नाचेपछि…



हाम्रो इकोनोमि

 

पूर्वराजा ज्ञानेन्द्र शाह ठमेलको एउटा नाइट क्लबमा नाचेको फोटो र भिडियो सार्वजनिक भएको छ । परिवारका सदस्यसहित नाइट क्लबमा पुगेका ज्ञानेन्द्र सहभागीहरुसँग हात समाउँदै, नाच्दै गरेको फोटो र भिडियो एलओडी नाइट क्लबले आफ्नो फेसबुक पेजमार्फत सार्वजनिक गरेको हो ।

पूर्वराजा ज्ञानेन्द्र शाहको साथमा बुहारी हिमानी तथा नातिनी प्रेरणा पनि छन् ।

ज्ञानेन्द्र र हिमानी नाचेको भिडियो र फोटो सार्वजनिक भएपछि राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले प्रशंसा गर्नुभएको छ । उहाँले ट्वीटरमा लेख्नुभएको छ : राप्रपाले परिकल्पना गरेको राजासहितको लोकतन्त्रको एक उपमा । जनताको राजा, नागरिक राजा । जनताको सुखमा रमाउने, दुःखमा चिन्तित रहने, जनताको साथमा रहने। संविधानको परिधिभित्र रहने, राष्ट्रियता र राष्ट्रिय एकताको प्रतिक-राजसंस्था ।

प्रतिक्रिया दिनुहोस
नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...

ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा दीपचन्द्र रेग्मी

    ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मा दीपचन्द्र रेग्मी...

खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...