युनिमीको नेपाल च्याप्टर अध्यक्षमा धिताल र महासचिवमा भण्डारी निर्वाचित



हाम्रो इकोनोमि

 

सञ्चार, मनोरञ्जन र कला क्षेत्रमा काम गर्ने सवै प्रकारका श्रमिक र पत्रकारहरुको अन्तर्राष्ट्रिय साझा संस्था युनिमीको नेपाल च्याप्टरका लागि नयाँ नेतृत्व चयन भएको छ । काठमाडौमा सम्पन्न युनिमी नेपालको साधारण सभाले अध्यक्षमा नेपाल टेलिभिजनका गोविन्द घिताल र महासचिवमा राष्ट्रिय समाचार समिति (रासस)का जीवन भण्डारीलाई निर्वाचित गरेको छ । युनिमी नेपालका निवर्तमान महासचिव समेत रहेका धिताल नेपाल टेलिभिजन कर्मचारी संघको निवर्तमान अध्यक्ष पनि हुनुहुन्छ भने महासचिवमा निर्वाचित भण्डारी सञ्चार कानुनका अध्यापक पनि हुनुुहन्छ ।

समितिको उपाध्यक्षमा कान्तिपुर टेलिभिजन कर्मचारी संघकी अध्यक्ष निर्मला बस्नेत, उपमहासचिवमा प्रेस काउन्सीलका सुरेन्द्र मल्ल, सचिवमा इमेज एफएमका काशीनाथ दवाडी, सहकोषाध्यक्षमा मेट्रो एफएमका शिव रेग्मी र सदस्यमा अनिता रिमाल चयन हुनुभएको छ । एघार सदस्यीय कार्यसमितिमा फरकफरक मिडिया हाउसबाट प्रतिनिधित्व गर्ने गरी बरिष्ठ उपाध्यक्ष, कोषाध्यक्ष र दुई जना सदस्य पछि मनोनयन गरिने निवर्तमान अध्यक्ष राजकुमार थापाले जानकारी दिनुभयो ।

साधारण सभामा युनिमी आबद्ध रहेको युएनआई नेपालका अध्यक्ष शंकरप्रसाद लामिछानेले सञ्चार, मनोरञ्जन र कला क्षेत्रमा कार्यरत सम्पूर्ण कर्मचारी तथा कामदारहरुको सामूहिक हित र सुरक्षाका लागि शसक्त र प्रभावकारी रुपमा प्रस्तुत हुन नयाँ नेतृत्वलाई शुभकामना दिनुभयो । उहाँले संसारभरी शाखाहरु रहेको युनिमीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ संगठनसँग सहकार्य गरेर नेपालमा यस क्षेत्रका कर्मचारी, कामदार र पत्रकारहरुका लागि नेतृत्वदावी भूमिका खेल्ने विश्वास पनि व्यक्त गर्नुभयो । नवनिर्वाचित अध्यक्ष धितालले पत्रकार र श्रमिक सम्वन्धी कानुनहरु श्रमिकमैत्री बनाउन लगाउने र ती कानुन कार्यान्वयन गर्न लगाउने गरी सवै जिल्ला तथा सञ्चार प्रतिष्ठानमा संगठन विस्तार गर्ने प्रतिबद्धता जनाउनु भयो ।

प्रतिक्रिया दिनुहोस
नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...

ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा दीपचन्द्र रेग्मी

    ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मा दीपचन्द्र रेग्मी...

खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...