आज हरिबोधनी एकादशी, धार्मिकस्थलमा पूजा गर्नेको भीड



हाम्रो इकोनोमि

 

हरिबोधनी एकादशीको अवसरमा गुल्मीको धार्मिकस्थल रेसुङ्गामा बिशेष मेला एवम पूजा गर्नेहरुको भीड लागेको छ ।

हरिबोधनी एकादशीको दिन धार्मिकस्थल रेसुङ्गामा ठूलो मेला लाग्नुका साथै स्नान र पूजाआजा गर्ने श्रद्धालु भक्तजनहरुको घुइँचो लाग्ने गर्दछ ।

नेपालकै चार धाम मध्येकै एक धाम पर्ने रेसुङ्गाको पोखरीमा नुहाउनाले भुल गरेर गरेका पाप नष्ट हुने धार्मिक मान्यता छ । त्यसैले पोखरीमा नुहाउन गुल्मीलगायत छिमेकी जिल्लाहरुबाट पनि श्रदालु भक्तजन आउने गर्दछन् ।

धार्मिक, ऐतिहासिक तथा पर्यटकीयस्थल रेसुङ्गामा विहानैदेखि गुल्मीलगायत बिभिन्न स्थानबाट श्रद्धालुहरु भक्तजन पूजा गर्नुका साथै मेल अवलोकनका लागि रेसुङ्गा जाने गर्दछन् ।

सदरमुकाम तम्घासदेखि अग्लो शीरमा पर्ने रेसुङ्गामा बिगतका वर्षहरुमा जस्तै यस वर्ष पनि बिशेष मेलामा लागेको छ । रुरु-रेसुङ्गालाई नेपाल सरकारले देशका प्रमुख पर्यटकीय गन्तव्यहरुमा समाबेश गरेको छ ।

अहिले रेसुङ्गा क्षेत्रभित्र पूर्वाधार विकास, प्राचीन, ऐतिहासिक, धार्मिक, सामाजिक तथा पुरातात्तिवक महत्वका बस्तु र स्थानहरुको संरक्षण, सम्बर्द्धन र प्रचार-प्रसारको काम भइरहेको रेसुङ्गा संरक्षण समितिका अध्यक्ष भुसालले बताए ।

हरिबोधनी एकादशीको अवसरमा रेसुङ्गामा समितिले भैलो र भजनकृतको कार्यक्रम राखेको अध्यक्ष भुसालले बताए । रेसुङ्गाको शिखरमा त्रेतायुगमा अयोध्याका राजा दशरथका राजकीय ऋषि ऋष्यश्रृंगले तपस्या गरेको र आध्यत्मिक महत्व रहेको जनश्रुति छ ।

यस क्षेत्रमा धार्मिक र सांस्कृतिक महत्वका स्थलहरु पनि रहेका छन् । धागीथुम,रामकुण्ड, सिद्धस्थान, अर्जुनडाँडा, महापोखरी, यज्ञशाला, गौशाला, साउने शिवालय, जस्ता धार्मिक स्थलहरु यसै संरक्षित वन क्षेत्रभित्र पर्दछन् ।

यहाँ बिभिन्न अवसरहरुमा पराम्परागत मेलाहरु लाग्ने गर्दछन् । रेसुङ्गा संरक्षित वनको उच्च स्थानमा धवलागिरिदेखि मनास्लुसम्मको हिमश्रृंखला लगायत नौ जिल्लाको दृश्यावलोकन गर्न सकिने भ्यु टावर रहेको छ ।

यहाँ विद्यार्थीहरुको लागि शैक्षिक भ्रमण, होमस्टे र ग्रामीण पर्यटनको राम्रो सम्भावना रहेको छ । यस मन्दिरमा दैनिक पूजा हुनुका साथै साउन भर एक महिना मेला र औंसी, ठूला एकादशी लगायतका पर्वहरुमा ठूलो मेला लाग्ने गर्दछ ।

सदरमुकाम तम्घासबाट करिब ३० मिनेटको गाडीको यात्रापछि उक्त स्थानमा पुग्न सकिन्छ । केही वर्ष पहिलेबाट तपोभूमि रेसुङ्गामा सवारीसाधन जान थालेका हुन । रेसुङ्गाको मेलालाई मध्यनजर राखेर रेसुङ्गा नगरपालिका र गुल्मीदरबार गाउँपालिकाले सार्बजनिक बिदासमेत दिएका छन् ।

यता गुल्मीको अर्को पवित्र धार्मिक स्थल कालीगण्डकी र रुद्रवेणी धाममा पनि नदीमा स्नान तथा पूजापाठ गर्ने श्रद्धालुहरुको घुइँचो लाग्ने गर्दछ । हरीबोधनी एकादशी अबसरमा गुल्मी पाल्पा स्याङ्गजाको संगम स्थल रिडीमा ऋशीकेश उत्सवको पहिलो दिनको अवसरमा रिडीमा धार्मिक मेला आजबाट सुरु भएको छ ।

सोही अवसरमा हजारौंको संख्यामा तीर्थ यात्रीहरु कालीगण्डकीमा स्नान गर्न तथा ऋशीकेश भगवानको दर्शन गर्न रिडी आउने गर्दछन् । ऋशीकेश उत्सवको पहिलो दिनको अवसरमा रिडी बजारबाट पञ्चेबाजासहित फूलपाती, फलफूल तथा रोटीहरुको बिभिन परिकारसहित ऋशीकेश मन्दिर लगिएको थियो ।

द्वादशीको दिन ऋशीकेश भगवानको प्रतिमालाई रथमा राखी भब्य रुपमा रिडी बजारमा परीक्रमा गराइदैँ छ । त्यसको अवसरमा एकादशी र द्धादशीको दिन रिडीमा मेला लाग्ने गर्दछ । रथारोहरण कार्यक्रममा सहभागी हुन हजारौंको संख्यामा तीर्थालुहरु रिडी आउने गर्दछन ।

प्रतिक्रिया दिनुहोस
भरतपुरमा गुडिरहेको कारमा लाग्यो आगो, एक जनाको मृत्यु

     चितवनको भरतपुर महानगरपालिका–९ स्थित बसन्तचोक नजिकै एक कारमा आगलागी हुँदा एक...

एमालेको पुनर्गठन कार्यदल बैठकमा दुई प्रतिवेदन पेश हुृने

    शुक्रबार नेकपा एमालेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको बैठकमा दुई...

सरकारले संविधानको मर्ममाथि प्रहार गरिरहेको छ : अमरेशकुमार सिंह

    रास्वपाका सांसद अमरेशकुमार सिंहले आफ्नै दलका नेता बालेन शाह नेतृत्वको सरकारले...

संसद् पुनर्स्थापना एमालेको एजेन्डा : महेश बस्नेत

    नेकपा एमालेका सचिव महेश बस्नेतले आगामी केन्द्रीय समितिको बैठकले जेनजी आन्दोलनपछि...