जीवन शर्माका छोराको उपचारका लागि साहित्यकारको सहयोग



हाम्रो इकोनोमि

 

जनगायक जीवन शर्माका छोराको उपचारका लागि जिल्लाका साहित्यकारहरुले आर्थिक सहयोग गरेका छन् ।
प्रगतिशील लेखक सङ्घ र शुक्ला साहित्य सङ्गम तनहुँको पहलमा शर्माका छोरा अर्जुन शर्माको उपचारका लागि रु ४२ हजार ४० सहयोग गरिएको हो ।

घाँटीको नलीमा जटिल समस्या देखिएर त्रिवि शिक्षण अस्पतालमा उपचाररत शर्माको सहयोगार्थ सञ्चालन गरिएको सहयोग अभियानबाट सङ्कलित उक्त रकम बुधबार ग्लोबल आइएमई बैंकमा रहेको अर्जुनको खातामा पठाइएको प्रगतिशील लेखक सङ्घ तनहुँका अध्यक्ष नारायण श्रेष्ठले जानकारी दिनुभयो । “शर्मा परिवारमा परेको पीडामा साथ दिन सहयोग अभियान सञ्चालन गरेका थियौँ”, श्रेष्ठले भन्नुभयो, “दुवै संस्थामा आबद्ध तथा अन्य केही व्यक्तिहरुले स्वतःस्फूर्त रूपमा सहयोग प्रदान गर्नुभयो ।”

श्रेष्ठका अनुसार सङ्घमार्फत रु २७ हजार ४९० र सङ्गममार्फत रु १४ हजार ५५० सहयोग सङ्कलन भएको थियो । शर्माको उपचारका लागि अमेरिकाबाट पनि रु ११ हजार २३५ सहयोग प्राप्त भएको छ । त्यस्तै दुवै संस्थाका पदाधिकारी र सदस्यले पनि सहयोग गरेका छन् । केही दिनअघि मात्रै सांसद कृष्णकुमार श्रेष्ठले आफूले प्राप्त गर्ने पारिश्रमिकवापतको रु ५० हजार, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) केन्द्रीय सदस्य एवं संसदीय दलका सचेतक शान्ता चौधरी र नेतृ भगवती न्यौपानेको पहलमा रु ६० हजार शर्माको उपचारका लागि प्रदान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस
रुकुमपश्चिममा जीप दुर्घटना, २ को मृत्यु, ९ जना घाइते

  रुकुमपश्चिममा जीप दुर्घटना हुँदा चालकसहित दुई जनाको मृत्यु भएको छ । आइतबार...

भरतपुरमा गुडिरहेको कारमा लाग्यो आगो, एक जनाको मृत्यु

     चितवनको भरतपुर महानगरपालिका–९ स्थित बसन्तचोक नजिकै एक कारमा आगलागी हुँदा एक...

एमालेको पुनर्गठन कार्यदल बैठकमा दुई प्रतिवेदन पेश हुृने

    शुक्रबार नेकपा एमालेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको बैठकमा दुई...

सरकारले संविधानको मर्ममाथि प्रहार गरिरहेको छ : अमरेशकुमार सिंह

    रास्वपाका सांसद अमरेशकुमार सिंहले आफ्नै दलका नेता बालेन शाह नेतृत्वको सरकारले...