रुपन्देहीमा ५० करोड लगानीमा दुग्ध प्रशोधन केन्द्र बन्ने



हाम्रो इकोनोमि

 

रुपन्देहीको तिलोत्तमा नगरपालिकामा करिब ५० करोड रुपैयाँ लगानीमा आधुनिक दुग्ध प्रशोधन केन्द्र बन्ने भएको छ । प्रदेश ५ का जिल्लाका एक सयभन्दा बढी सहकारी संस्थाहरुको सामूहिक लगानीमा तिलोत्तमा नगरपालिका-६ पश्चिम पहुनीमा अत्याधुनिक दुग्ध प्रशोधन केन्द्र बन्न लागेको हो ।

सहकारी ऐन २०७४ अनुसार बचत तथा ऋण, बहुउद्देश्यीय र दुग्ध सहकारीहरु मिलेर विशिष्टीकृत सहकारी संघ बनाउन सकिने र त्यसले ठूला परियोजनाहरुमा लगानी गर्न सक्ने व्यवस्था गरेको छ । सोही व्यवस्थाअनुसार नेपालमै पहिलोपटक धेरै सहकारी संस्थाहरुको संयुक्त लगानीमा दुग्ध प्रशोधन केन्द्र बनाउन लागिएको हो ।

म्बिनी विशिष्टीकृत सहकारी संघ रुपन्देहीका अध्यक्ष डा. खगराज शर्माका अनुसार दुग्ध प्रशोधन केन्द्रको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) बनाउन शुरु भइसकेको छ । डेढ वर्षभित्र भौतिक संरचनाहरु निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याउने लक्ष्य छ । यो प्रशोधन केन्द्र नेपालकै अत्याधुनिक हुने शर्माको दाबी छ ।

अल्ट्रा हाइटेम्प्रेचर पाष्सचराइजेसन प्रविधिबाट प्रशोधन भई उत्पादन हुने तरल दूध ६ महिनादेखि ८ महिनासम्म खानयोग्य हुने अध्यक्ष शर्माले बताए । प्रशोधन केन्द्रबाट प्याकेट दूधसँगै आइसक्रिम, चकलेट, कुराउनी जस्ता दर्जन बढी परिकार पनि बनाइने शर्माले जानकारी दिए । ‘पहिलो चरणमा प्याकेजिङ दुध र आइसक्रिम, चकलेट लगायत उत्पादन गर्छौं,’ शर्माले भने, ‘पछि पाउडर दूधसमेत उत्पादन गर्न सकिनेछ ।’

प्रशोधन केन्द्रमा दुई सय जनाले प्रत्यक्ष र पाँच सय जनाले अप्रत्यक्ष रोजगारी पाउने छन् । उपभोक्तालाई गुणस्तरीय दूध उपलब्ध गराउने, दूधको आयात प्रतिस्थापन गर्ने र रुपन्देहीसहित प्रदेश ५ का सबै जिल्लामा उत्पादित दूधको बजार सुनिश्चित गरी किसानलाई दूध उत्पादनमा प्रोत्साहन गर्ने उद्देश्यले दुग्ध प्रशोधन केन्द्र स्थापनाको अवधारणा अघि सारिएको तिलोत्तमा नगरपालिकाका प्रमुख बासुदेव घिमिरेले बताए ।

दूध उत्पादन हुने मुख्य सिजनमा किसानले मिल्क होलिडेको समस्या भोग्नुपरेको, लागतअनुसारको मूल्य पनि पाउन नसकेको र उपभोक्ताले शुद्ध दूध उपभोग गर्न नपाइरहेको अवस्थामा प्रशोधन केन्द्रबाट किसान र उपभोक्ता दुवै लाभान्वित हुने भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्री आरती पौडेल बताउँछिन् । दुग्ध प्रशोधन परियोजनाको स्थापनाले दूध उत्पादन, प्रशोधन र बिक्री वितरण सहज हुने भएकाले यसमा प्रदेश सरकारले पनि आवश्यक सहयोग गर्ने उनले बताइन् ।

दुग्ध प्रशोधन परियोजनासम्बन्धी अवधारणा तयार पारेका पशुपंक्षी तथा मत्स्य निर्देशनालयका प्रमुख तुलसीराम भण्डारीले सहकारीले नै प्रवर्द्धन गर्ने परियोजना आफैंमा सबैका लागि प्रेरणादायी बन्ने बताए ।

तिलोत्तमा नगरपालिकाले गत असोजमा गरेको लगानी सम्मेलनमा दुग्ध प्रशोधन केन्द्र परियोजनालाई प्राथमिकतामा राखेको थियो । दुग्ध प्रशोधन केन्द्र बनाउन नगरपालिकाले चार बिघा जग्गा उपलव्ध गराउने निर्णय गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस
असोज महिनाका लागि बैंकहरुको नयाँ ब्याजदर सार्वजनिक

     वाणिज्य बैंकहरुले नयाँ महिनाका लागि मुद्दती र बचत खाताको नयाँ ब्याजदर...

नबिल एसएसई फेलोसिप तथा सर्टिफिकेट कोर्सका लागि आवेदन आह्वान

    नबिल बैंक लिमिटेडले नबिल स्कुल अफ सोसल इन्टरप्रेनरसिप (नबिल एसएसई) फेलोसिप...

प्रभु बैंककाे देशव्यापी रक्तदान कार्यक्रम

    देशमा आएकाे प्राकृतिक प्रकोप तथा बाढीका कारण प्रभावित भएका घाइतेहरुलाई सहयोग...

पति रेशमविरुद्ध कानुनी बाटो रोज्ने रञ्जिताको घोषणा

    नेपाली कम्युनिष्ट पार्टी (नेकपा)की नेतृ रञ्जिता श्रेष्ठले पति रेशम चौधरीविरुद्ध कानुनी...