प्रहरी देखेपछि माेटरसाइकल छाेडेर भागे तस्कर, १० किलाे चाँदी बरामद



हाम्रो इकोनोमि

 

सशस्त्र प्रहरीले जनकपुरधाम उपमहानगरपालिका २० को देवपुरा रुपैठाबाट १० किलो चाँदी बरामद गरेको छ ।

तस्करले भारततर्फ लान लागेको १० किलो अवैध चाँदी बरामद गरिएको धनुषाका सशस्त्र प्रहरी बलका प्रहरी उपरीक्षक (एसपी) राजेश उप्रेतीले जानकारी दिनुभयो ।

बुधबार दिउँसो ना ४७ प २७२७ नम्बरको मोटरसाइकलमा दुई ओटा प्याकेटमा लुकाएर राखिएको चाँदी प्रहरीले बरामद गरेको हो । प्रहरीले जाँच गरेको देखेपछि मोटरसाइकल त्यहीँ छाडेर चालक र पछाडी बसेको व्यक्ति फरार भएको एसपी उप्रेतीले बताउनुभयो ।

बरामद भएको चाँदी र मोटरसाइकल जनकपुर भन्सार कार्यालयमा बुझाइ थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...

ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा दीपचन्द्र रेग्मी

    ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मा दीपचन्द्र रेग्मी...

खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...