पशुपति आर्यघाटमा शव अन्त्येष्टिको लागि शुल्क बढ्यो



हाम्रो इकोनोमि

 

पशुपति क्षेत्र विकास कोषले आर्यघाटमा शव अन्त्येष्टि गर्दा लाग्ने शुल्क बढाएको छ । घाट सेवा केन्द्रका कर्मचारीहरुको सेवा सुविधा बढाउने सहमति गरेकै दिनदेखि कोषले शव अन्त्येष्टिको शुल्क पनि बढाएको हो ।

पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा। प्रदीप ढकालले नौ वर्षदेखि नबढेको शुल्क बुधबारबाट बढाइएको बताए ।

ढकालका अनुसार शव दाह गरेको शुल्कमा ३ सय रुपैयाँ बढेको छ । पहिले १२ सय रहेको शवदाह शुल्क अब १५ सय पुगेको छ ।

यसैगरी दाउरा बोक्ने र शव बोक्ने शुल्कमा समान २–२ सय रुपैयाँ बढेको छ । यसअघि यो शीर्षकमा चार–चार सय शुल्क लाग्थ्यो । चपरी बोक्ने शुल्क ३ सयबाट बढेर ४ सय रुपैयाँ पुगेको छ ।

शवलाई गाड्नका लागि खाल्डो खन्ने शुल्क पनि १२ सयबाट बढेर १५ सय रुपैयाँ पुर्‍याइएको छ । दशनामीहरुले शव नजलाएर गाड्ने गर्दछन् ।

प्रतिक्रिया दिनुहोस
नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...

ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा दीपचन्द्र रेग्मी

    ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मा दीपचन्द्र रेग्मी...

खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...