प्रधानमन्त्री ओलीले गरे नेपालकै पहिलो सुरूङमार्गको शिलान्यास



हाम्रो इकोनोमि

 

प्रधानमन्त्री केपी शर्मा ओलीले नागढुंगा–सिस्नेखोला सुरूङमार्गको शिलान्यास गरेका छन्। सोमबार चन्द्रागिरी नगरपालिका वडा नम्बर १ टोटीटोलमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले सुरूङमार्गको शिलान्यास गरेका हुन्।

धादिङको सिस्नेखोलाबाट सुरू हुने सुरूङमार्ग टोटीटोलमा आइपुग्छ। जापान सरकारको सहुलियतपूर्ण ऋण सहयोगमा ५.५६ किलोमिटर सुरूङमार्ग बन्न लागेको हो।

आयोजना प्रमुख श्यामप्रसाद खरेलका अनुसार जापानीज कम्पनीले आयोजना निर्माणको जिम्मा लिएको छ। ४२ महिनाभित्र आयोजना सम्पन्न हुने गरी काम सुरू गरिने उनले बताए। जापान सरकारको १६ अर्ब ऋण सहयोग र नेपालको ६ अर्ब रुपैयाँ लगानीमा सुरूङमार्ग बन्न लागेको हो।

यो सुरुङमार्ग निर्माणमा टनेल बोरिङ मेसिन टीबीएमको प्रयोग भने हुने छैन । विष्फोटक पदार्थ प्रयोग गरेरै सुरुङमार्ग निर्माण गरिनेछ । यो सुरूङमार्ग बनेपछि नेपालको मोटर गुड्ने पहिलो सुरूङमार्ग बन्ने छ ।

अप्रिल २०२३ सम्ममा आयोजना सक्ने लक्ष्य लिइएको छ।

प्रतिक्रिया दिनुहोस
ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा दीपचन्द्र रेग्मी

    ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मा दीपचन्द्र रेग्मी...

खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...

चाडपर्ब लक्षित बजार अनुगमन थाल्यो सरकारले

  सरकारले दशैँ, तिहार र छठ जस्ता पर्वमा उपभोग्य वस्तुको कृत्रिम अभाव हुन...

११ वटा केन्द्रबाट ग्यास सिलिन्डर साट्न पाइने

    ग्यास सिलिन्डर साट्ने ठाउँ थप गरिएको छ । नेपाल एलपी ग्यास...