यो वर्ष कुकुर तिहार र लक्ष्मीपूजा एकै दिन



हाम्रो इकोनोमि

 

पाञ्चांग निर्णायक समितिले यस वर्षको तिहारमा कुकुर तिहार र लक्ष्मीपूजा एकै दिन परेको जानकारी गराएको छ । सोमबार एक प्रेस विज्ञप्ति जारी गरी समितिले कात्तिक १० गते कुकुर तिहार र लक्ष्मीपूजा परेको जानकारी दिएको हो ।

कात्तिक ८ गतेदेखि सुरु हुने तिहारको पहिलो दिन यमदीपदान, कात्तिक ९ गते शनिबार कागतिहार पर्ने सदस्य सचिव सूर्यप्रसाद ढुंगेलले बताएका छन् । हरेकजसो तिहारमा गाईपूजा र लक्ष्मीपूजा एकै दिन पर्ने भए पनि यो वर्ष भने कुकुर तिहारको दिन परेको हो ।

स्तै कात्तिक ११ गते गाईगोरु पूजा, म्हपूजा पर्ने भनिएको छ ।

तर नेपाल सम्वतको प्रारम्भ भने कात्तिक १२ गतेमात्र हुनेछ । म्ह पूजाको दिन नै नेपाल सम्वत प्रारम्भ हुने भए पनि यस वर्ष भने म्हः पूजाको भोलिपल्टदेखि नेपाल सम्वतको नयाँ वर्ष ११४० प्रारम्भ हुनेछ । भाइटीका कात्तिक १२ गते पर्ने र शुभसाइत दिनको ११ः५५ मा रहेको समितिका सदस्य सचिव ढुंगेलले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस
ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा दीपचन्द्र रेग्मी

    ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मा दीपचन्द्र रेग्मी...

खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...

चाडपर्ब लक्षित बजार अनुगमन थाल्यो सरकारले

  सरकारले दशैँ, तिहार र छठ जस्ता पर्वमा उपभोग्य वस्तुको कृत्रिम अभाव हुन...

११ वटा केन्द्रबाट ग्यास सिलिन्डर साट्न पाइने

    ग्यास सिलिन्डर साट्ने ठाउँ थप गरिएको छ । नेपाल एलपी ग्यास...