तिहारका लागि ८० करोडको विद्युतीय बत्ती,माला भित्रियो



हाम्रो इकोनोमि

 

तिहारमा बालिने परम्परागत बत्तीलाई पछिल्लो समय विद्युतीय बत्तीले विस्थापित गरिरहेको छ । तिहारकै लागि भनेर विभिन्न खालका दीयो, मालाबत्ती लगायत झण्डै ७० देखि ८० करोड रुपैयाँसम्मको विद्युतीय सामान आयात हुने गरेको छ ।

पहिला पहिला माटाका पाला, मैनबत्ती, केराको सुप्लामा बालिने कपासको बत्तीले गाउँसहर झिलिमिलि बन्थ्यो । तर, यी सामाग्रीमा भन्दा रङ्गीचङ्गी विद्युतीय बत्तीमा आम चासो बढ्न थालेको छ । लोडसेडिङको समस्या हटेपछि भने विद्युतीय बत्तीमा मानिसहरुको आकर्षण अत्यधिक रहेको पाइन्छ ।

तिहार झिलीमिलीको पर्व हो । अझ आजकाल कसको घरमा कस्ता खालका झिलीमिली बत्ती बालिएको छ भनेर देखासिकी गरी उसको भन्दा आफ्नो घरलाई भिन्न देखाउने होडबाजी नै चल्न थालेको छ । यस वर्षको तिहारमा झण्डै ८० करोड रुपैयाँको विद्युतीय बत्ती आयात भएको नेपाल विद्युतीय व्यवसायी महासंघका निवर्तमान अध्यक्ष तेजनारायण खरेलले जानकारी दिए ।

खरेलका अनुसार तिहार लक्षित विद्युतीय बत्ती झण्डै ८० करोड रुपैयाँको आयात भएको हो । उनका अनुसार तिहारका लागि आउनुपर्ने प्रायः सबै खालका बत्ती आइसकेको छ ।

खरेलले भने, ‘ल्याइएको विद्युतीय बत्ती लक्ष्मी पूजाको दिनसम्म बिक्री गरिसक्नुपर्ने भएकाले अब आउने बत्ती बिक्री नहुने सम्भावना छ । लगभग सबै बत्तीहरु आइसकेका छन् ।’

एकपटक प्रयोग गरेको बत्तीलाई अर्को वर्ष पनि प्रयोग गर्न पाइने भएकाले पनि उपभोक्तामा विद्युतीय बत्तीप्रति आकर्षण बढेको खरेलको भनाइ छ ।
बत्तीको मूल्य स्थिर
नेपाल विद्युतीय व्यवसायी महासंघले यस पटक उपभोक्ताले विद्युतीय बत्तीमा गत वर्षभन्दा महँगो रकम तिर्न नपर्ने जनाएको छ । आयात अघिल्लो वर्षको भन्दा बढी भए पनि बिक्री अघिल्लो वर्षको जस्तो नहुने खरेलले बताए । गत वर्ष प्रयोग भइसकेका बत्ती यसपटक पनि काम लाग्ने र नयाँ भवन धेरै निर्माण हुन नसकेकाले विद्युतीय बत्तीको बिक्री कम हुने उनको तर्क छ ।

गत वर्ष डलरको मूल्य बढेको, भन्सारदर बढेको जस्ता कारण देखाउँदै बत्तीको मूल्य बढाएका व्यवसायीहरु यसपटक मूल्य बढाउने पक्षमा देखिदैनन् । दीयो २० वटाको मूल्य बढीमा २०० रुपैयाँसम्म कायम छ । यसमा क्वालिटी भने फरक फरक हुने भएकाले सो अनुसार मूल्यमा फरक पर्न सक्ने उनको तर्क छ ।

उनका अनुसार लक्ष्मी, गणेश लगायत देवताको बल्ने सानो बत्तीको मूल्य ३ सय र ठूलो साइजको ११ सय रुपैयाँसम्म छ । गत वर्ष पनि यही हाराहारीमा मूल्य कायम थियो । यद्यपि, व्यवसायीहरुले सानो साइजकै फोटोको मूल्य सातसय रुपैयाँसम्म लिएका थिए । स्ट्रिप लाइट, पाइप लाइट, नेट झालर, दीयो, लक्ष्मी गणेशको बल्ने मूर्ति, फोटो लगायतको माग तिहारमा अत्यधिक हुने गर्छ ।

महासंघले मूल्य धेरै नबढेको भने पनि व्यवसायीहरुले भने मनपरी भाउ लिँदा उपभोक्ता ठगिएका छन् । सरकारको अनुगमन प्रभावकारी नहुदा पनि उपभोक्ताहरु मारमा परेका हुन् । तिहार आउन अब एक साताभन्दा कम समय छ । तिहारको किनमेलका लागि बजारमा भिड लाग्न थालिसकेको छ । पसलहरु तिहार लक्षित समानले भरिभराउ छन् ।

प्रतिक्रिया दिनुहोस
खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...

चाडपर्ब लक्षित बजार अनुगमन थाल्यो सरकारले

  सरकारले दशैँ, तिहार र छठ जस्ता पर्वमा उपभोग्य वस्तुको कृत्रिम अभाव हुन...

११ वटा केन्द्रबाट ग्यास सिलिन्डर साट्न पाइने

    ग्यास सिलिन्डर साट्ने ठाउँ थप गरिएको छ । नेपाल एलपी ग्यास...

कांग्रेस महामन्त्रीमा् प्रदीप पौडेल, उदयशमशेर राणा र डिला संग्रौला विजयी

    नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट महामन्त्री खुलातर्फ प्रदीप पौडेल र उदयशमशेर राणा...