राति लुगा नलाई सुत्नु पनि फाइदा



हाम्रो इकोनोमि

 

अधिकांश मानिसहरु राति सुत्दा हल्का, पातला पहिरनहरु लगाउँछन्, किनभने राति सुत्दा रिल्याक्स भएर सुत्नु पर्छ । तर, यही कुराको बारेमा समेत धेरैलाई जानकारी हुँदैन । अहिलेको व्यस्त जीवनमा अधिकांश मानिसहरु साँझ घर पुग्दा थकित भैसकेका हुन्छन् । कहिलेकाहीँ त मानिसहरु यति थाकेका हुन्छन् कि अफिसबाट आएको लुगा नै नफुकाली सुतिदिन्छन् । तर, त्यसरी सुत्नु कतिसम्म हानिकारक छ भन्ने कुरा उनीहरुलाई जानकारी नै हुँदैन ।

राति हाम्रो शरीरलाई निकै कूल राख्नु अति नै आवश्यक छ । गह्रौं कपडाहरु केही मानिसहरु सुत्न त सुत्छन्, तर उनीहरुलाई तीनै पहिरनका कारण गहिरो निद्रा पर्दैन । यसो गर्नाले हाम्रो शरीरलाई नै विभिन्न प्रकारले हानी भैरहेको हुन्छ ।

त्यसो त अधिकांश व्यक्तिहरु राति कपडा लगाएर सुत्ने कि कपडा खोलेर सुत्ने भन्ने बारेमै दुविधामा हुन्छन् । यो कुराको निकै सोझो तथा सरल समाधान के छ भने हामीले सधैं राति कपडा खोलेरै सुत्नु पर्छ, किनभने यसले हाम्रो शरीरलाई निकै फाइदा पुर्‍याउँछ । आज हामी तपाईंहरुलाई ती फाइदाहरुका बारेमा जानकारी दिँदैछौं :

ब्लड प्रेसरका लागि

कपडा नलगाइकन सुत्नाले रक्त सञ्चार उचित तरिकाले हुन्छ र ब्लड प्रेसर पनि नियन्त्रणमा रहन्छ । साथै कपडा खोलेर सुत्नाले अक्सिटोसिन हार्मोन बढ्छ, जसका थुप्रै फाइदाहरु छन् । यसले तनाव र टेन्सन कम गराउन सहयोग पुर्‍याउँछ ।

छालाका लागि

जब तपाईं कपडा नलगाइ सुत्नु हुन्छ, यसबाट तपाईंले छालासम्बन्धी विभिन्न समस्याहरुबाट छुटकारा पाउनु हुनेछ । यसले तपाईंको शरीरले पूर्णरुपले हावा पाउँछ र छालामा संक्रमण जस्ता थुप्रै समस्याहरुबाट छुटकारा मिल्छ ।

राम्रो निद्राका लागि

जब तपाईं कपडाबिना नै सुत्नु हुन्छ, तपाईंलाई निकै गहिरो निद्रा पर्नेछ । किनभने यसले तपाईंको शरीरलाई ओभर हिट हुनबाट बचाउँछ र राम्रो निद्रा पर्छ । यसले शरीरमा शितलता प्राप्त हुन्छ भने शरीरको तापमान पनि नियन्त्रणमा रहन्छ, जसका कारण हाम्रो दिमाग पनि सामान्य अवस्थामा रहन सहयोग पुग्छ ।

महिला-पुरुष दुवैका लागि

कपडा नलगाइ सुत्नु महिला र पुरुष दुवैका लागि उत्तिकै फाइदाजनक छ । यसबाट शरीरका जुन अंगहरुमा अत्यधिक पसिना आउँछ, ती अंगहरुमा संक्रमण हुने सम्भावना पनि न्यून रहन्छ ।

राम्रो स्मरणका लागि

यदि तपाईं कपडा नलगाइ सुत्नु भयो भने गहिरो निद्रा पर्छ र स्मरणशक्ति पनि बढ्छ । किनभने गहिरो निद्राले शरीरमा ग्रोथ हार्मोनको उत्पादन बढ्छ, जुन दिमागको वृद्धिका लागि पनि सहायक मानिन्छ ।

प्रतिक्रिया दिनुहोस
ओमकार आयल इन्डस्ट्रिजका सञ्चालक विजय श्रेष्ठ पक्राउ

    सूर्यमुखी तेल उत्पादक कम्पनीका सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ । छहारी...

किष्ट किड्नी ट्रान्सप्लान्ट सेन्टरद्वारा २०० सफल मिर्गौला प्रत्यारोपण

    किष्ट मेडिकल कलेज शिक्षण अस्पताल अन्तर्गतको किष्ट किड्नी ट्रान्सप्लान्ट सेन्टरले २००...

नबिल बैंकको केन्द्रीय कार्यालयमा नर्सिङ रुमको सुरुवात

    नबिल बैंक लिमिटेडले तीनधारास्थित केन्द्रीय कार्यालयमा नबिल नर्सिङ रुमको सुरुवात गरेको...

किष्ट हस्पिटल नेपालकै उच्च सफल कलेजो प्रत्यारोपण दरको कीर्तिमान कायम

    किष्ट टिचिङ हस्पिटलले ग्यास्ट्रो विभागको नेतृत्वमा अंग प्रत्यारोपण सेवामा ऐतिहासिक सफलता...