मृगौला बिक्रीको आरोपमा निदान अस्पतालका सीईओ पक्राउ



हाम्रो इकोनोमि

 

एक व्यक्तिको नाममा अर्कै व्यक्तिको मृगौला झिकेको आरोपमा प्रहरीले ललितपुरको निदान अस्पतालका प्रमुख कार्यकारी अधिकृतसहित ५ जनाललाई पक्राउ गरेको छ ।

पुल्चोकस्थित उक्त अस्पतालले एक व्यक्तिको नामम अर्कैको मृगौला झिकी किनबेच तथा प्रत्यारोपण गराएको आरोपमा प्रहरीको मानव बेचबिखन अनुसन्धान व्यूरोले अस्पतालका सीईओ विपेन्द्र प्रधान,अस्पतालका कानुनी सल्लाहकार कुमुदकुमार भट्टराई, अस्पतालका डाक्टर राजेश पन्त, मृगौला लिने बिरामी शंकरलाल लामा र जिल्ला प्रशासन कार्यलयका शाखा अधिकृत रामचन्द्र आलेलाई पक्राउ गरेको हो ।

अस्पतालले एक जनाको मृगौला झिक्ने भनी अर्कै व्यक्तिको मृगौला झिकेर बिक्री गरेको आरोप लागेकाले अनुसन्धानका लागि पक्राउ गरेको व्यूरोका प्रवक्ता एसपी गोविन्द थपलियाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...

चाडपर्ब लक्षित बजार अनुगमन थाल्यो सरकारले

  सरकारले दशैँ, तिहार र छठ जस्ता पर्वमा उपभोग्य वस्तुको कृत्रिम अभाव हुन...

११ वटा केन्द्रबाट ग्यास सिलिन्डर साट्न पाइने

    ग्यास सिलिन्डर साट्ने ठाउँ थप गरिएको छ । नेपाल एलपी ग्यास...

कांग्रेस महामन्त्रीमा् प्रदीप पौडेल, उदयशमशेर राणा र डिला संग्रौला विजयी

    नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट महामन्त्री खुलातर्फ प्रदीप पौडेल र उदयशमशेर राणा...