म्युजिक अवार्डका नाममा मोडलसँग यस्तो अनौठो प्रस्ताव



हाम्रो इकोनोमि

 

‘वर्ल्ड नेपाली म्युजिक अवार्ड न्युयोर्क २०१९’ अवार्ड वितरण व्यवस्थापक समितिका महासचिव सुमन बुढाले एकजना महिला कलाकारसँग यौन प्रस्ताव गरेको खुलासा भएको छ ।

मोडल छिरिङ डोमा शेर्पा ‘जेन्निफर’सँग बुढाले यौनसम्पर्कका लागि प्रस्ताव गरेका हुन् । शेर्पाले सामाजिक सञ्जाल फेसबुकमा बुढाले आफूलाई विभिन्न बहाना बनाएर यौन सम्पर्कका लागि दवाव दिएको बताएकी छिन् ।

‘म छिरिङ डोमा शेर्पा ‘जेन्निफर’ करीब ४ वर्ष भएछ, मैले कलाकारिता क्षेत्रमा पाइला टेकेको’, उनले भनेकी छिन्, ‘तर आज ममाथि ठूलो बज्रपत खसेको छ ।’
‘मलाई तपाईंहरूको साथ र सहयोगको खँचो छ’, उनले भनेकी छिन् ।

‘करीव ३ महिनादेखि संचालन र डेड हप्तादेखि शुरु भएको वल्र्ड नेपाली म्युजिक अवार्ड न्युयोर्क २०१९ भोटिङ चलिरहँदा मलाई यही कम्पनीको माहासचिव साथै कलाकर संघ अमेरिकाको अध्यक्ष जस्तो पदमा बसेको सुमन बुढा मगार नाम गरेको व्यक्तिले बारम्बार इमोश्नल ब्ल्याकमेलिङ गर्ने गरेको र सेक्सुअल ह्यारेसमेन्ट गर्न खोजेको छ’, मोडल शेर्पाले भनेकी छिन् ।

‘पहिला त मलाई आनेक थरी लेखेर लोभ देखाउनुभयो । तिमीलाई टप थ्रीमा पुर्‍याउन सहयोग गर्छु नि भन्नुभयो’, उनले फेसबुकमा लेखेकी छिन्, ‘अनि अहिले बीचमा मलाई हेलिकप्टरमा मनाङ घुम्न जाने । पोखराको होटेलमा हामी दुई बस्न जाऔँ भन्ने जस्ता प्रस्ताव रख्नु भयो ।’

‘धेरै चोटी प्रस्ताव राख्दा पनि आस्वीकर गरेपछि मलाई चेतावनीको साथ सामाजिक सञ्जलबाट ब्लक गरिदिनु भएछ’, उनले भनेकी छिन्, ‘यतिका दिनदेखि मैले गरेको दुःख, मेहनत खर्च गरेको छु । समय, पैसा, तपाईंहरूको साथसहयोग सबै पानीमा मिलेको छ’, शेर्पाले भनेकी छिन्, ‘अब मैले न्याय खोज्न कहाँ जाने ? यस्तो व्याक्तिलाई के सजाय दिने ?’
यस्ता व्याक्तिलाई ठाउँमा ल्याएर सजाय दिलाउन उनले माग गरेकी छिन् । ‘यस्ता कुविचार भएका व्यक्तिलाई सामाजबाट बहिस्कार गरौँ’, उनले भनेकी छिन् ।

अमेरिका मात्रै होइन यस्ता घटना नेपालभन्दा बाहिर हुने कार्यक्रमहरूमा नेपाली महिला कलाकारहरूलाई यस्तै खालका नाजायज दवाव दिने गरेका समाचार आइसकेका छन् ।
अमेरिकामा यस्ता खालका धन्दा चलाएका संस्थाका पूरै टिमलाई कारबाहीको माग उठेको छ ।

मोडल शेर्पालाई बुढाले यौन प्रस्ताव राखेको घटना बाहिर आएपछि ‘वर्ल्ड नेपाली म्युजिक अवार्ड न्युयोर्क २०१९’ अवार्ड वितरण व्यवस्थापक समितिका तर्फबाट दावा शेर्पा र सुरज राईले विज्ञप्ति जारी गरेर सुमन बुढालाई संस्थाबाट हटाएको जनाएका छन् । सुमन बुढालाई मात्रै होइन यो कार्यक्रम आयोजक सबैलाई कारबाहीको माग उठेको छ ।

प्रतिक्रिया दिनुहोस
रास्वपा केन्द्रीय समितिमा ८ जना मन्त्री निर्वाचित

    बालेन शाह नेतृत्वको सरकारका ८ जना मन्त्रीहरु सत्तारुढ दल रास्वपाको केन्द्रीय...

रास्वपामा ४९ महिला केन्द्रीय सदस्यमा निर्वाचित

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को निर्वाचित केन्द्रीय सदस्यमा झन्डै आधा महिला...

बंगलादेश निर्यात गर्ने थप २० मेगावाट बिजुली रोकियो

    नेपालबाट बंगलादेशमा थप २० मेगावाट विद्युत् निर्यात गर्ने योजनामा भारतीय पक्षले...

खैरो हेरोइनसहित काठमाडौंबाट दुई जना पक्राउ

     नेपाल प्रहरीको लागूऔषध नियन्त्रण ब्यूरोले खैरो हेरोइनसहित दुई जनालाई पक्राउ गरेको...